Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज ७ गते ।

रौतहटको गौरमा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा राजदेवी नगरपालिका
-८ की १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठा छन् ।

आज बिहान गौर नगरपालिका १ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानी तर्दै सातजना गौरतर्फ घाँस लिन आउँदै गर्दा डुबेका थिए । डुबेका मध्ये ४ जनाको स्थानीयले उद्धार गरेका थिए भने तीन जनाको शव निकालिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्ने क्रममा ३ जना बालिकाको शव भेटिएको हो । मृतकहरुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *