Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज १५ गते ।

बीरगञ्जमा ग्यांग फाइटको क्रममा एकजनाको हत्या भएको छ । गए राति साढे ११ तिर  वीरगंजको माईस्थान र घडिअर्वा पोखरी क्षेत्रबीच भएको ग्यांगफाटको क्रममा छुरा प्रहार गरि २२ वर्षीय गोल्डेन खानको हत्या भएको हो । मृतक वीरगंज महानगरपालिका –१० अशोक वाटिका निवासी रहेका हुन् ।

शरीरको विभिन्न भागमा छुरा प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव नारायणी अस्पतालमा राखिएको छ ।
घटनामा संलग्न आशंकामा प्रहरीले १० जनालाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले जानकारी दिए । त्यस मध्ये हत्यामा संलग्न दुईजनाको पहिचान भइसकेको उनको भनाइ छ ।


‘ घटनामा संलग्न आशंकामा १० जनालाई पक्राउ गरेर स्कृनिङ् गरेका छौं । त्यस मध्ये सप्रमाण  दुईजनाको संलग्नता रहेको पहिचान भइसकेको छ। उनीहरूको तिम्रो खोजी कार्य जारी छ’ एसपी पाठकले भने ‘ दुई जनाको पुरानो रिसिबीको कारण भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *