Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज २५ गते ।

बारामा माटोको ढिस्कोमा पुरिएर दुईजनाको  मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ कि ७० वर्षीया सारदा देवी महतो र वडा नम्बर ५ बस्ने  वर्ष १५ कासुनिल महतो रहेको प्रहरीले जनाएको छ ।

आज बिहान ८ : ५० बजेतिर सिम्रौनगढ नगरपालिकाको नयाँ भवन नजिक रहेको ईशरा पोखरीको डिलमा तिहारमा घर लिपोतको लागि माटो खन्ने क्रममा माटोको ढिस्कोमा ८ जना परेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घाइते हुनेहरूमा वडा नम्बर ६ का १४ वर्षीय साजन महतो, वर्ष का१८ गौतम मुखिया, वडा नम्बर ५ का १५ वर्षीय नितेश महतो, १४ वर्षीया रानी कुमारी महतो र सुशिला कुमारी,
१५ वर्षीय राजाबाबु शर्मा छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *