Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज ११ गते ।

सर्लाहीमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। अन्य एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाही  ब्रहम्पुरी गाउँपालिका २ ब्रहम्पुरी बस्ने वर्ष २३ का  अंकित चौधरी र मोटरसाइकलको बीचमा सवार वर्ष २५ का रोहित सहनी छन् ।


सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार शुक्रबार राति ८ बजेको समयमा ब्रहम्पुरी गाउँपालिका ५ स्थित हुलाकी सडक खण्डमा पर्साबाट भेल्ही तर्फ जाँदै गरेको एम.एच ०४ डी.जे. १२९७ नम्बरको स्कारपियोले  विपरीत दिशाबाट आउँदै गरेको प्र.३-०३-००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।


दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना गम्भीर र एकजना मध्य घाइते भएका थिए। स्कारपियो नियन्त्रणमा लिएको र फरार चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *