अपडेट: भुकम्पमा परी तिब्बतमा ज्यान गुमाउनेको संख्या ५३ पुग्यो

सामाजिक फीड-पुष २३ गते – जनकपुरधाम मंगलबार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ। पूर्वी नेपाल र तिब्बतको सीमा क्षेत्रमा बिहान ६:५० बजे गएको भूकम्प परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको हो। चिनियाँ सञ्चार माध्यमका पछिल्लो अपडेट रिपोर्ट अनुसार चीनको स्वशाषित क्षेत्र तिब्बतमा हालसम्म ५३ जनाले ज्यान गुमाएका छन्। उक्त भूकम्पमा परी […]
जनकपुर र वीरगन्जमा जय ट्रफी मेन्स एलिट कप सुरु

सामाजिक फीड-पुष २१ गते – जनकपुरधाम दुई दशकभन्दा लामो प्रतीक्षापछि जनकपुर र वीरगन्जमा आजदेखि घरेलु बहुदिवसीय क्रिकेट प्रतियोगिता जय ट्रफी मेन्स एलिट कप सुरु भएको छ। नेपाली क्रिकेटमा लामो समयपछि रातो बल र सेतो पोसाकमा प्रतियोगिता आयोजना गरिएको हो। सन् २०१९ मा इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लबसँग नेपालको अन्तिम बहुदिवसीय क्रिकेट खेलेपछि यस्तो प्रतियोगिता पहिलोपटक भइरहेको […]
सर्लाहीमा मापसे जाँच गरिरहेका प्रहरीमाथि वडाध्यक्षको नेतृत्वमा आक्रमण, पाँच राउण्ड हवाई फायर

सामाजिक फीडजनकपुरधाम, पुस २१ गते । सर्लाहीको रमानगर गाउँपालिकामा मापसे चेकजाँच गरिरहेका प्रहरीमाथि वडाध्यक्षको नेतृतवमा आक्रण भएको छ । सो क्रममा प्रहरीले पाँच राउण्ड गोली हवाय फाइर गरेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवास बोहराले जानकारी दिए । प्रवक्ता एसपीका अनुसार हिजो राति करिब ९ बजेतिर रामनगर गाउँपालिका ५ स्थित बैजनाथचोकमा इलाका प्रहरी कार्यालय […]
सर्लाहीमा इँटा व्यवसायीको हत्या

सामाजिक फीड-जकपुरधाम, पुस २० गते ।सर्लाहीको हरिवन नगरपालिकाका इँटा व्यवसायी हरिप्रसाद प्रसाईको हत्या भएको छ । सर्लाही प्रहरीले शनिबार बिहान उखुबारीमा गाडिएको अवस्थामा उनको शव फेला पारेको हो । हरिवन नगरपालिका–१० इनारटोलका स्थायी बासिन्दा ३९ वर्षीय प्रसाई पुस १५ गते बिहान बरहथवा नगरपालिका–९ मूर्तियाबाट इँटाको पैसा लिएर फर्किने क्रममा बेपत्ता भएका थिए । परिवारले उनको […]
सशस्त्र प्रहरीमा इन्सपेक्टरदेखि कुचिकारसम्म ठूलो संख्यामा भर्ना खुल्यो

जनकपुरधाम, पुस १९ गते । सशस्त्र प्रहरीले प्रहरी निरीक्षकदेखि विभिन्न तहका १,००० भन्दा बढी पदकालागि भर्ना खुलाएको छ। यो भर्ना अभियान अन्तर्गत सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) पदका लागि ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षक पदका लागि ८३ जना, र सशस्त्र प्रहरी जवान पदका लागि ९४१ जना माग गरिएको छ। त्यसैगरी, विशेष सेवा प्रदान गर्ने पदहरूमा […]
चितवन सौराहामा १८औं हात्ती तथा पर्यटन महोत्सव सुरु

सामाजिक फीड-११ गते पौष, जनकपुरधाम चितवनको सौराहामा आजदेखि १८औं हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ। अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसर पारेर क्षेत्रीय होटल संघ सौराहाले आयोजना गरेको महोत्सव पाँच दिनसम्म बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा सञ्चालन हुनेछ। महोत्सवको उद्घाटन उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्नेछन्। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उद्घाटन गरिने भनिए […]
धनुषामा महिलाको हत्या गरेर गाडेको अवस्थामा शव फेला

सामाजिक फीड-जनकपुरधाम, पुस ११ गते । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा करिब ५० वर्षीया रेशमी देवी बिनको हत्या भएको छ । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका अनुसार, उनको शव बुधबार साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडि गाडिएको अवस्थामा फेला परेको हो । हत्या आरोपमा प्रहरीले मृतकका श्रीमान दशैया मुखिया बिनलाई पक्राउ गरेको छ । प्रारम्भिक […]
विदेशमा १० वर्षमा १० हजारभन्दा बढी नेपाली श्रमिकको मृत्यु

सामाजिक फीड-३ गते पौष, जनकपुरधाम पछिल्लो एक दशकमा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरूको मृत्यु संख्या डरलाग्दो रूपमा बढेको छ। वैदेशिक रोजगार बोर्डका अनुसार, आर्थिक वर्ष २०७० देखि २०८० सम्म ९,६५२ जना नेपाली श्रमिकले विदेशमा ज्यान गुमाएका छन्। यस अवधिमा, मलेसिया, साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई) लगायतका मुलुकहरूमा सबैभन्दा धेरै नेपाली श्रमिकको मृत्यु भएको […]
गृहमन्त्री लेखक: संविधान संशोधन समावेशिता र संघीय लोकतन्त्र सुदृढ गर्न

सामाजिक फीड-जनकपुरधाम, मंसिर ३० गते । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप सुदृढ बनाउने गरी संविधान संशोधन गरिने बताएका छन्। आइतबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान संशोधनको विषयमा दुई राजनीतिक दलहरूले प्रारम्भिक छलफल सुरु गरिसकेको जानकारी दिए। उनले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरूबीच सहमति आवश्यक रहेको र यसलाई […]
रामकलेवा गरी सीताराम विवाहपञ्चमी महोत्सव समापन

सामाजिक फीड-जनकपुरधाम, मंसिर २३ गते ।जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव रामकलेवा सम्पन्नसँगै समापन भएको छ। जन्तीको रूपमा आएका साधु–सन्तलाई ५६ प्रकारका मिष्टान्न भोजन गराएर दानदक्षिणासहित शनिबार बिदाइ गरिएको हो । शुक्रबार राम र सीताको वैवाहिक कार्यक्रम सम्पन्न भएपछि शनिबार जानकी मन्दिर परिसरमा राम, लक्ष्मण, भरत, शत्रुघनको प्रतिकात्मक बालबालिका र साधु–सन्तलाई मिष्टान्न भोजन गराइएको छ । […]