स्कुल बस दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु, ४० घाइते

सामाजिक फीड-जनकपुरधाम, माघ ३० गते । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ४० जना घाइते भएका छन् । मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ स्थायी घर भई काठमाडौंको कपन बस्ने ११ वर्षीय क्रिशल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई चाबहिल बस्ने २४ वर्षीय सुरेश तामाङ र […]
भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२४ मा नेपालले ३४ अंक पायो

सामाजिक फीड-जनकपुरधाम, माघ २९ गते । भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२४ मा नेपालले सयमा ३४ अंक प्राप्त गरेको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । सार्वजनिक तथ्यांककाअनुसार गत वर्ष नेपालको अंक ३५ रहेको थियो । नतिजाअनुसार भ्रष्टाचारबिरुद्ध प्रभावकारी रुपले काम कारबाही अगाडि बढाउन जरुरी भएको औंल्याइएको छ […]
आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान सुरु

सामाजिक फीड, जनकपुरधाम, माघ २२। प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुुभारम्भ भएको छ । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका-३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गरेका हुन् । यो […]
आज विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरिँदै

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । श्रीपञ्चमी पर्व आज देशभर विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी उल्लासपूर्वक मनाइँदैछ। हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन पर्ने यस पर्वलाई वसन्त पञ्चमी पनि भनिन्छ। सरस्वतीको पूजा गर्दा विद्या र बुद्धि वृद्धि हुने धार्मिक विश्वास रहेको छ। यस अवसरमा देशभरका सरस्वती मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ। विशेषगरी विद्यालय नगएका साना […]
धनुषामा २५ किलो गाँजा बरामद, दुई जना फरार

सामाजिक फीड, जनकपुरधाम, माघ २० मिथिला नगरपालिका-८ बडहरी पुलबाट प्रहरीले करिब २५ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय ढल्केवर र अस्थायी प्रहरी पोष्ट बडहरीबाट खटिएको प्रहरीले आइतबार बिहान बागमती प्र.०२-०२९ प ३७३६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ। यसक्रममा मोटरसाइकल र ब्याग छोडे मोटरसाइकलमा सवार दुई जना व्यक्ति फरार भएका […]
अनलाइन साइटमार्फत् एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा ललितपुरबाट २५ जना पक्राउ

सामाजिक फीड, जनकपुरधाम, माघ २० – प्रहरीले ललितपुरबाट भारतीयसहित २५ जनालाई पक्राउ गरेको छ। एक भारतीय अनलाइन साइटमार्फत् एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले शनिबार राति १० भारतीय र १५ जना नेपालीलाई पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका-२ को घरबाट अनलाइन जुवा खेलाइरहेकालाई पक्राउ गरेको हो। ‘ठूलो रकमको अनलाइन […]
राष्ट्रिय परिचयपत्र नहुँदा सार्वजनिक सेवामा झन्झट नहोस: सर्वोच्चको परमादेश

सामाजिक फीड-माघ २० गते – जनकपुरधाम सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्रको अभावमा नागरिकले सार्वजनिक सेवामा झन्झट बेहोर्न नपर्ने व्यवस्था गर्न सरकारलाई आदेश दिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासले शुक्रबार पूर्णपाठमार्फत उक्त परमादेश जारी गरेको हो। गत माघ ६ गते सर्वोच्चले राष्ट्रिय परिचयपत्र लागू गर्ने सरकारको निर्णयविरुद्ध परेको […]
कुम्भ मेलाबाट फर्किँदै गर्दा पाँच नेपालीको मृत्यु, चार गम्भीर

सामाजिक फीड– जनकपुरधाम, माघ १९ गते ।भारतको कुम्भ मेलाबाट फर्किरहेका पाँच नेपालीको सवारी दुर्घटनामा ज्यान गएको छ । नेपाल फर्किंदै गरेको स्कारपिओ गाडी मुजफ्फरपुरमा आज साँझ दुर्घटनाग्रस्त हुँदा उनीहरूको मृत्यु भएको हो। स्थानीय प्रशासनका अनुसार दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन्। भारतीय प्रहरीबाट प्राप्त जानकारी अनुसार तीन मृतकको पहिचान खुलेको छ भने दुईजनाको परिचय […]
विदेशमा जन्मिएका बच्चालाई अंगीकृत नागरिकता दिने व्यवस्था

सामाजिक फीड, जनकपुरधाम। माघ १७। नेपाल सरकारले नयाँ नागरिकता विधेयक प्रस्ताव गर्दै विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका व्यक्तिहरूलाई अंगीकृत नागरिकता दिने व्यवस्था गरेको छ। प्रतिनिधिसभामा पेश गरिएको नागरिकता ऐन २०६३ को संशोधन विधेयकमा यस्तो प्रावधान समेटिएको हो। बढ्दो संख्यामा विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका बालबालिकालाई अनागरिक हुनबाट जोगाउन सरकारले यो व्यवस्था अघि सारेको […]
पोखरामा ‘घुमौं मधेस, बुझौं मधेस’ अभियानको ब्यापक प्रचार

पोखरामा ‘घुमौं मधेस, बुझौं मधेस’ को ब्यापक प्रचार गरिएको छ । पोखरामा आयोजित महोत्सवमा मधेस प्रदेशका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा खानपिन संस्कृतिको ब्यापक प्रचार गरिएको हो । पोखरामा गत माघ १० गते देखी जारी ३३ औं औधगिक ब्यापार मेला एवम आइटी महोत्सवमा–२०८१ मधेस चिनाउने काम भइरहेको ‘घुमौं मधेस, बुझौं मधेस’ का कार्यक्रम संयोजक बिकास ठाकुरले […]