मधेशमा जारी एसईईमा चिट चोराउने कार्यको दोषी सीडीयो, एसपी र निरीक्षक: सांसद् झा

सामाजिक फीड, काठमाडौँ, १९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झाले जारी एसईई परीक्षामा चिट चोराउने कार्य भएको विषयमा आम मधेशलाई दोष दिन नमिल्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद् झाले मधेशमा चिट चोराउने कार्यको दोष प्रमुख जिल्ला अधिकारी, एसपी र निरीक्षकहरूले लिनुपर्ने बताएका हुन् । सरकारले खटाएको प्रमुख जिल्ला अधिकारी, एसपी र […]
उपप्रधानमन्त्री श्रेष्ठ चीनको भ्रमण गरी स्वदेश फर्किए

काठमाडौँ, १९ चैत्र । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको ९ दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी सोमबार बिहान काठमाडौँ आइपुगेका हुन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए । त्यस्तै उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ […]
२७ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

सामाजिक फीड, काठमाडौँ, १९ चैत । सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण कम्पनीहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयले २७ वटा कम्पनीलाई कालोसूचीमा राख्न लागेको हो । यी कम्पनीलाई विभिन्न सार्वजनिक निकायबाट आएको सिफारिसका आधारमा कालोसूचीमा राख्ने संस्थाले सूचना जारी गर्दै जनाएको हो । यस्तै, कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण […]
रुसी सेनामा कार्यरत पीडित परिवारद्वारा सिंहदरबारअघि प्रदर्शन

सामाजिक फीडजनकपुरधाम, चैत्र १९ गते । रुसी सेनामा कार्यरत पीडित परिवारका सदस्यले सिंहदरबारको दक्षिण गेटअघि प्रदर्शन गरेका छन्। रुसी सेनामा भर्ना भएका परिवार र आफन्तहरूले सोमबार बिहान उद्दार,राहत र बेपत्ताहरूको अवस्थाबारे जानकारी गराउन माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गरेका हुन्। आफन्तको उद्दारको माग गर्दै प्रदर्शनमा उत्रिएका १२ जनालाई सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले नियन्त्रणमा लिएको छ। […]
स्रोत नखुलेको करिब २८ लाखसहित दुई जना पक्राउ

सामाजिक फीड, सर्लाही, १९ चैत्र । सर्लाहीको मलंगवाबाट स्रोत नखुलेको करिब २८ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका–९ मा झोला बोकी हिँडिरहेका मलंगवा–३ का कमर राजालाई प्रहरीले शंका लागेर जाँच गर्दा १ हजार दरको हजार थान गरी जम्मा १० लाख नगद बरामद गरेको थियो । प्रहरीले सोधपुछ गरेपछि थप करिब १८ […]
बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज विश्वासको मत लिने

सामाजिक फीड, हेटौँडा, १९ चैत । बागमती प्रदेशसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने छ । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्मरकट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन् […]
कर्मचारीमाथि हातपात गरेको मधेशका निवर्तमान मन्त्री यादवमाथि आरोप

सप्तरी, १९ चैत । जनमत पार्टीका मधेश प्रदेश संसदीय दलका नेता एवं निवर्तमान शिक्षामन्त्री महेशप्रसाद यादवले पूर्वाधार विकास कार्यालय राजविराजका प्रमुख प्रवीणप्रताप अधिकारीसँग दुर्व्यवहार गरेको आरोप लागेको छ । आइतबार दुई वटा आयोजनाको चिठी आफूले पठाएको व्यक्तिलाई नदिएको भन्दै यादवले आफूलाई कार्यालयमै हातपात गरेको अधिकारीले आरोप लगाएका हुन् । प्रदेश सरकारको रेडबुकमा रहेको १०/१० लाख रुपैयाँको […]
शिक्षक तथा कर्मचारीले दलको सदस्यता लिए कारबाही हुने

सामाजिक फीड, काठमाडौँ, १९ चैत्र । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नलिन र लिएमा कारबाही गर्ने चेतावनी दिएकी छन् । उनले राजनीतिक दलको सदस्य हुन नहुने व्यवस्था प्रचलित कानुनमा रहेको स्मरण गराउँदै कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीलाई शिक्षा क्षेत्र दलीय राजनीतिबाट मुक्त हुनुपर्ने […]
सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सामाजिक फीड, धनगढी, १९ चैत । सुदूरपश्चिममा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। सुदूरपश्चिमका रानाथारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको हो । चैत १९ गते खखडेहरा पर्वको बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिव सुशील वैद्यले बताए। उनका अनुसार प्रदेशभर आज बिदा रहने छ। रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व […]
पहाडका केही भूभागमा आज पानी पर्ने

सामाजिक फीड, काठमाडौँ, १९ चैत । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित […]