Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, चैत्र १९ गते ।

रुसी सेनामा कार्यरत पीडित परिवारका सदस्यले सिंहदरबारको दक्षिण गेटअघि प्रदर्शन गरेका छन्। रुसी सेनामा भर्ना भएका परिवार र आफन्तहरूले सोमबार बिहान उद्दार,राहत र बेपत्ताहरूको अवस्थाबारे जानकारी गराउन माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गरेका हुन्।

आफन्तको उद्दारको माग गर्दै प्रदर्शनमा उत्रिएका १२ जनालाई सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूले बेपत्ता भएकाहरूलाई स्वदेश फिर्ता गराइदिन र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

रुसी सेनामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनुपर्ने, बन्दी बनाइएको रिहाइको पहल गर्दै उनीहरुले लगातार सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *