सामाजिक फीड,
सर्लाही, १९ चैत्र । सर्लाहीको मलंगवाबाट स्रोत नखुलेको करिब २८ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका–९ मा झोला बोकी हिँडिरहेका मलंगवा–३ का कमर राजालाई प्रहरीले शंका लागेर जाँच गर्दा १ हजार दरको हजार थान गरी जम्मा १० लाख नगद बरामद गरेको थियो ।
प्रहरीले सोधपुछ गरेपछि थप करिब १८ लाख रुपैयाँसहित अर्का एक व्यक्तिलाई पनि नियन्त्रणमा लिएको हो । पक्राउ परेका राजालाई रकमको स्रोत खुलाउन भनेपछि उनले सोही ठाउँका आरिफ शेखले सञ्चालन गरेको सिटी मोबाइल सेन्टरबाट ल्याएको भनेपछि प्रहरी मोबाइल सेन्टरमा पुगेका थिए ।
सो पसल खानतलासी गर्दा थप १७ लाख ७५ हजार ९७० रुपैयाँ बरामद भएको प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए । स्रोत नखुलेपछि रकमसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ ।