Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

हेटौँडा, १९ चैत । बागमती प्रदेशसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने छ ।

बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्मरकट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन् ।

सो प्रदेशसभामा ११० सदस्य रहेका छन् । बागमती प्रदेशसभामा सत्तापक्षबाट नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सदस्य रहेका छन् भने प्रतिपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाको ३ सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *