Samajik Feed – News Portal from Nepal

बाराको दशगजा क्षेत्रमा पूर्वसशस्त्र प्रहरी जवानको हत्या

रासस-बारा, असोज ९ गते । बाराको नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रमा पूर्वसशस्त्र प्रहरी जवानको हत्या भएको छ। पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा ३४ वर्षीय अमरेशकुमार सिंहको शव फोला परेको प्रहरीले जनाएको छ। आइतबार स्थानीयले सीमा क्षेत्रमा शव देखेपछि प्रहरीलाई खबर […]

स्थानीय र प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ भइरहेको छ : राष्ट्रपति पौडेल

सामाजिक फीड-जनकपुरधाम, असोज ८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय र प्रदेश सरकार अझै पनि अधिकार सम्पन नभएको बताएका छन् ।जनकपुरधाममा महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले तीनै तहको अधिकार बाँडमा संघीयताको मर्म पूरा हुन नसकेको बताएका हुन् । ुतीन तहको सरकार छन् । तर स्थानीय र प्रदेशहरु […]

चारदिनपछि मलंगवामा दिउँसो कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

सामाजिक फीड-जनकपुरधाम, असोज गते । सर्लाहीको मलंगवामा लगाएको कर्फ्यू चारदिनपछि निष्कृय गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमो आज बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू निष्कृय गर्ने र निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । असोज ४ गते साँझ गणेश चतुर्थीको मुर्ति सेलाएर फर्किने क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको थियो । सो […]

राष्ट्रपति पौडेलले गरे जानकी मन्दिरमा विशेष पूजाअर्चना

सामाजिक फीड-जनकपुरधाम, असोज ८ गते । राष्टप्रति रामचन्द्र पौडेल जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् । उनी राष्ट्रपति भएपछि पहिलोपटक जनकपुरधाम आएपछि जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका हुन् । जनकपुरधाम उपमहानगरपालिका कार्यालयले व्यवस्था गरेको कपडाको चप्पल लगाएर जानकी मन्दिरको दर्शन गरेका हुन् । कपडाको चप्पल लगाएर दर्शन गर्दा उनको आलोचना पनि भइरहेको छ […]

राष्ट्रपति पौडेल जनकपुरधाम आउँदै

सामाजिक फीड-जनकपुरधाम, असोज ८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधाम आउन लागेका छन् ।राष्ष्टप्रति पौडेल जानकी मन्दिर दर्शन तथा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ । यसका साथै राष्ट्रपति पौडेलले जनकपुरधामको जिल्ला प्रहरी कार्यालय अगाडी निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ । पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिको आयोजनामा नागरिक अभिनन्दन […]

महोत्तरीको गौशाला बजारमा वृद्धबाट दिनदहाडै लुटियो साढे ६ लाख रुपैयाँ

सामाजिक फीड-जनकपुरधाम, असोज ७ गते । महोत्तरीको गौशाला बजारमा एक वृद्धको साढे ६ लाख रुपैयाँ दिनदहाडै लुटिएको छ । आइतबार दिउसो करिब साढे ३ बजे गौशाला नगरपालिका ११ भरतपुर बस्ने ६५ वर्षीय शम्भु महतोको साढे ६ लाख रकम लुटिएको हो । ओखलढुंगाबाट आफन्तले पठाएको पैसा एनआइसी एसिया बैंकबाट निकालेर घरतिर जाने क्रममा गणेश मन्दिर नजिक […]

बटेश्वर गाउँपालिकाले खनाएको खाल्डोमा डुबेर एक बालकको ज्यान गयो

सामाजिक फीड-जनकपुरधाम, असोज ७ गते । धनुषामा पालिकाले ठेक्का लगाएर खनेको खोलाको खाल्डोमा डुबेर एक बालकको ज्यान गएको  छ । मृत्यु हुनेका धनुषाको बटेश्वर गाउँपालिका १ धुमासन टोलका बिनोद महतोका ११ वर्षीय छोरा धिरज कुमार महतो छन् । शनिबार दिउँसो अन्य दुईजना बालकसंगै खेल्न बिगही खोलामा पुगेका धिरजको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले […]

एमालेको मधेश प्रदेश अधिवेशनको तयारी

सामाजिक फीड– जनकपुरधाम, असोज ६ गते । नेकपा एमालेको मधेश प्रदेश अधिवेशनको तयारी सुरु भएको छ । अगामी असोज २४,२५ र २६ गते गते जनकपुरधाममा हुने एमालेको मधेश अधिवेशनको तयारीका लागि विभिन्न समिति तथा उपसमिति गठन गरी जिम्मेबारी बाबँडफाड गरेको हो । एमालेका मधेश प्रदेश प्रचार विभाग प्रमुख शोम शर्माका अनुसार प्रदेश अध्यक्ष रामअवतार यादवको […]

प्रधानमन्त्री प्रचण्ड आजदेखि चीन भ्रमणमा, चिनीया उपप्रधानमन्त्रीद्वारा स्वागत

सामाजिक फीड-जनकपुरधाम, असोज ६ गते । नेपालका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड औपचारिक भ्रमणका लागि आज बिहान चीन पुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ उपप्रधानमन्त्री हि ली फाङले हाङ्जाओ विमानस्थलमा स्वागत गरेका छन् । अमेरिका भ्रमण सकेर आजै बिहान प्रधानमन्त्री प्रचण्ड चीन पुगेका हुन् । प्रचण्डलाई स्वागत गर्ने हाङ्जाओ अर्थतन्त्र र वित्त हेर्ने उपप्रधानमन्त्री हुन् ।यसरी […]

अज्ञात बन्दुकधारीको समूहले बसमा गोली चलाउँदा नौ जनाको मृत्यु

एजेन्सी-जनकपुरधाम, असोज ५ गते । घानाको माथिल्लो पूर्वी क्षेत्रमा बसमा सवार अज्ञात बन्दुकधारीको समूहले गोली चलाउँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । अन्य केही मानिस घाइते भएका छन् । पुसिगा जिल्लाका प्रमुख प्रशासक जुबेइरु अब्दुलाईका अनुसार माथिल्लो पूर्वी क्षेत्रको अशान्त सहरी समुदाय बावकुबाट छिमेकी बुर्किना फासोको बजार केन्द्रतर्फ जाँदै गर्दा आक्रमण भएको हो। अब्दुलाईले […]