सामाजिक फीड-
जनकपुरधाम, असोज ६ गते ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड औपचारिक भ्रमणका लागि आज बिहान चीन पुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ उपप्रधानमन्त्री हि ली फाङले हाङ्जाओ विमानस्थलमा स्वागत गरेका छन् ।
अमेरिका भ्रमण सकेर आजै बिहान प्रधानमन्त्री प्रचण्ड चीन पुगेका हुन् । प्रचण्डलाई स्वागत गर्ने हाङ्जाओ अर्थतन्त्र र वित्त हेर्ने उपप्रधानमन्त्री हुन् ।
यसरी चीनका उपप्रधानमन्त्रीले नेपालको प्रधानमन्त्रीलाई स्वागत गरेको यो पहिलोपटक हो
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आजै भेट हुने तय भएको छ । १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी पनि हाङजाओमा रहने भएकोले त्यहीँ भेटवार्ताको तय भएको हो ।
दिउँसो साढे १२ बजे प्रचण्ड र सीबीच पहिलो भेट हुने कार्यतालिका छ । त्यसक्रममा उनीहरूले एउटा रिसोर्टमा सँगै लञ्च गर्नेछन् । त्यसपछि शनिबार अपराह्न ४ बजे प्रचण्ड र राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता हुनेछ ।