Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज ८ गते ।

राष्टप्रति रामचन्द्र पौडेल जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् । उनी राष्ट्रपति भएपछि पहिलोपटक जनकपुरधाम आएपछि जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका कार्यालयले व्यवस्था गरेको कपडाको चप्पल लगाएर जानकी मन्दिरको दर्शन गरेका हुन् । कपडाको चप्पल लगाएर दर्शन गर्दा उनको आलोचना पनि भइरहेको छ ।

राष्ट्रपति पौडेल आज दिउँसो जनकपुरधाममा निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यही कार्यक्रममा उनलाई जनकपुरधाम उपमहानगरपालिका कार्यालयले नागरिक अभिनन्दनको कार्यक्रम आयोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *