Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, असोज ८ गते ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधाम आउन लागेका छन् ।
राष्ष्टप्रति पौडेल जानकी मन्दिर दर्शन तथा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।

यसका साथै राष्ट्रपति पौडेलले जनकपुरधामको जिल्ला प्रहरी कार्यालय अगाडी निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।

पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिको आयोजनामा नागरिक अभिनन्दन कार्यक्रमको समेत आयोजना गरेको छ ।

सोमबार दिउँसो १ बजेबाट सांस्कृतिक केन्द्र सभा हलमा सो कार्यक्रम आयोजना हुनेछ ।

सहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य विमलेन्द्र निधि, मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, मधेश प्रदेश सभामा सभामुख रामचन्द्र मण्डल, राष्ट्रपति कार्यालयका सचिव तथा पदाधिकारी, जिल्ला समन्वय समिति धनुषाका पदाधिकारी पालिका प्रमुखहरूको उपस्थिति रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *