Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज ८ गते ।

राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय र प्रदेश सरकार अझै पनि अधिकार सम्पन नभएको बताएका छन् ।
जनकपुरधाममा महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले तीनै तहको अधिकार बाँडमा संघीयताको मर्म पूरा हुन नसकेको बताएका हुन् ।

ुतीन तहको सरकार छन् । तर स्थानीय र प्रदेशहरु संघीयताको मर्म अनुरुप अधिकार सम्पन्न भएको छैन । उनीहरुलाई अहिले पनि नियन्त्रित रुपमा अलि अलि मात्र अधिकार दिएर कन्जुस्याइँ भइरहेको छु उनले संघीय सरकारप्रति लक्षित गर्दै भने ।
राष्ट्रपति पौडेलले राष्ट्र रुपान्तरणमा मधेशले सबल भूमिका निर्वाह गरेको पनि बताए ।

देशको अन्न भण्डार मधेश आधा सिँचाइ भएको बताउँदै उनले सुनकोसी मरिन डाइभर्सनको काम सम्पनन भए मधेश उर्वर हुने उनको भनाइ छ ।

सिंचाई प्रवन्ध र कृषि आधुनिकीकरण भए मधेशले सिंगो नेपाललाई एकसाथ अन्न धन्न सक्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *