Samajik Feed – News Portal from Nepal

हमासको आक्रमणमा इजरायलमा ९ नेपाली घाइते, दुईजनाको अवस्था गम्भीर

सामाजिक फीड-जनकपुरधाम, असोज २० गते । इजरायलमा हमासको आक्रमणमा परी ९ जना नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हमासको आक्रमण लगत्तै फार्मममा काम गरिरहेका १४ जना नेपाली रहेको ठाउँमा आक्रमण भएको थियो । नौ जना नेपाली घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको जनाएको छ । थप अपडेटहरू निश्चित समयमा […]

दोश्रो मुन्नी मिश्री स्मृति पुरुष भलिबलको घोषणा

सामाजिक फीड-महोत्तरी, असोज २० गते । महोतरीको गौशाला नगरपालिका १२ कान्तिबजारमा दोश्रो मुन्नी मिश्री स्मृति पुरुष भलिबल आयोजना हुने भएको छ । सामुदायिक विकास युवा क्लबको आयोजनामा हुने भलिबल प्रतियोगिता यस क्षेत्रको सर्वाधिक पुरकार राशिको खेल हो । हिन्दुहरुको महान चाडपर्व दशै, दिपावली र छठ पर्वको शुभ अवसरमा कातिक ८ गते देखि दोश्रो मुन्नी मिश्रि […]

प्यालेस्टिनी आक्रमणमा इजरेलमा ४० जनाको मृत्यु, केही नेपाली पनि घाइते

बीबीसी-जनकपुरधाम, असोज २० गते । प्यालेस्टिनी हमला र त्यसको प्रतिउत्तरमा इजरेलले गरिरहेको कारबाहीका क्रममा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकहरू समेत घाइते भएको खबर आएको छ। शनिवार बिहानैदेखि इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ जारी छ। सुरुमा हमासले इजरेलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको हो। त्यस क्रममा हालसम्म ४० जना […]

अज जितिया पर्व समापन हुँदै

रासस–जनकपुरधाम, असोज २० गते । हिन्दू पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज विहान पूरा हुन लागेको हो । ज्यातिषशास्त्रअनुसार महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ । यो व्रत बस्दा सन्तान प्राप्तिका साथै सन्तानलाई दुःख, पीडा र समस्याबाट जोगाउँछ भन्ने […]

सातौं पटक मधेश सरकारको मन्त्री परिषद पुनर्गठन, सुरिता बनिन् खेलकुद मन्त्री

सामाजिक फीड –जनकपुरधाम, असोज १९ गते । मधेश प्रदेश सरकारले मन्त्रालय फुटाएर सातौं पटक मन्त्री पुनर गठन गरेको छ । चार महिनादेखि विना विभागीय मन्त्री रहेकी जसपाकी सुरिता साहलाई दिन जनमतको भागमा रहेको शिक्षा तथा समाजक कल्याण मन्त्रालय फुटाएर मन्त्री परिषद पुनरगठन गरेको हो । सो मन्त्रालय फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा […]

जलेश्वरका मेयरको आलोचना गरेपछि बद्रीनाथ झा पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज १९ गते । महोत्तरीको जलेश्वरका मेयरको सामाजिक संजालमा आलोचना गरेको आरोपमा युवा बद्रीनाथ झालाई प्रहरीले पक्राउ गरको छ । जलेश्वरका मेयर सुरेश साह सोनारले दिएको जाहेरीको आधारमा जलेश्वर ३ का बासिन्दा झालाई बिहीबार पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका झामाथि साईबर अपराध कसुर […]

५०० रुपैयाँ जरिवाना तिरेर छुटे विवास्पद धर्मगुरु श्रीनिवास

सामाजिक फीड-जनकपुरधाम, असोज १८ गते । विवास्पद धर्मगुरु श्रीनिवास आचार्य पाँच सय रुपैयाँ जरिवाना लिएर जिल्ला प्रशासन कार्यालय धनुषाले रिहा गरेको छ । उत्तेजित अभिव्यक्ति दिएको भन्दै उनीमाथि जिल्ला प्रशासन कार्यालय धनुषामा सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता भएको थियो ।गल्ती स्वीकारेपछि ५ सय रुपैयाँ जरिवाना गरी उनलाई छाडिएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डेले जानकारी […]

मिथिलाञ्चलमा जितिया पर्व सुरु

रासस-जलेश्वर, असोज १८ गते । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ । नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि सुरु भएको हो । व्रत बस्नु अघि आजको दिन […]

शिक्षक ब्रम्हदेव पासवान पहिलाकै विद्यालयमा पढाउन पाउने

सामाजिक फीड-जनकपुरधाम, असोज १७ गते । अपायक ठाउँमा सरुवा गरिदिएपछि समस्यामा परेका शिक्षक ब्रम्हदेव पासवान पहिलाकै विद्यालयमा पढाउन पाउने भएका छन् । उनलाई बाराको जीतपुर उपमहानगरपालिकाका सिमराकै नेपाल राष्ट्रिय माविमा पढाउन पाउने व्यवस्था उपमहानगरले मिलाएको छ । गत १८ भदौमा उपमहानगरपालिकाको शिक्षा समितिले दरबन्दी मिलान भन्दै प्रावि तहका शिक्षक पासवानलाई हरपुरको नेपाल राष्ट्रिय माविमा सरुवा […]

प्रचण्ड सरकारलाई राम्रो कामको लागि सहयोग गर्नुपर्छ : माधव नेपाल

सामाजिक फीड-जनकपुरधाम, असोज १७ गते । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई राम्रो कामको लागि सहयोग गर्नु पर्ने बताएका छन् ।बुधबार बिहान जनकपुरधाममा समाजवादी प्रेस संगठनले आयोजना गरको पत्रकार सम्मेलनमा उनले राम्रा कामको निम्ति सहयोगसंगै दबाब दिनु पर्ने बताएका हकुन् । प्रचण्ड सरकार राम्रा काम गर्न खोजे पनि प्रर्याप्त […]