Samajik Feed – News Portal from Nepal

सामाजिक फीड –
जनकपुरधाम, असोज १९ गते ।

मधेश प्रदेश सरकारले मन्त्रालय फुटाएर सातौं पटक मन्त्री पुनर गठन गरेको छ । चार महिनादेखि विना विभागीय मन्त्री रहेकी जसपाकी सुरिता साहलाई दिन जनमतको भागमा रहेको शिक्षा तथा समाजक कल्याण मन्त्रालय फुटाएर मन्त्री परिषद पुनरगठन गरेको हो ।

सो मन्त्रालय फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालयको बनाएको छ ।
सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेबारी दिएको हो । उनी शिक्षा तथा समाजक कल्याण मन्त्रालयका मन्त्री थिए ।

मुख्यमन्त्री तथा मान्त्री परिषदको कार्यालयको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आज विज्ञप्ति प्रकाशित गरि कार्यविभाजन गरेका हुन् ।
बिना विभागीय मन्त्री साह मुख्यमन्त्री कार्यालयमै जिम्मेबारी विहीन थिइन् । महोत्तरी क्षेत्र नं. २ (ख)बाट प्रत्यक्ष स्वतन्त्र चुनाव जितेकी साहलाई जसपाले पार्टी प्रवेश गराएर सरकार गठनको बेला सामाजिक विकास मन्त्रालय दिएको थियो । पछि मन्त्रालय फुटाउँदा मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई जिम्मेबारी बिहीन बनाए ।

मधेश सरकारको पहिलो गठनको बेला मुख्यमन्त्रीसहित सात मन्त्रालय मात्र थियो । जसपा विभाजनको बेला तत्कालिन मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालय फोडेर १० वटा पुर्याएको थियो । गत वैशाखमा शक्ति सन्तुलन मिलाउ मन्त्रालयहरु फोडेर नयाँ नाम कायम गरी समायोजन गरेर १० वटा नै राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *