सामाजिक फीड-
जनकपुरधाम, असोज २० गते ।
इजरायलमा हमासको आक्रमणमा परी ९ जना नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हमासको आक्रमण लगत्तै फार्मममा काम गरिरहेका १४ जना नेपाली रहेको ठाउँमा आक्रमण भएको थियो । नौ जना नेपाली घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
थप अपडेटहरू निश्चित समयमा गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपालीहरू पनि घाइते भएको खबरसँगै शनिबार साँझ परराष्ट्र मन्त्रालयमा आकस्मिक बैठक बसी सो घटनाबारेको जानकारी गराइएको हो ।
