Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज १७ गते ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई राम्रो कामको लागि सहयोग गर्नु पर्ने बताएका छन् ।
बुधबार बिहान जनकपुरधाममा समाजवादी प्रेस संगठनले आयोजना गरको पत्रकार सम्मेलनमा उनले राम्रा कामको निम्ति सहयोगसंगै दबाब दिनु पर्ने बताएका हकुन् ।

प्रचण्ड सरकार राम्रा काम गर्न खोजे पनि प्रर्याप्त नभएको बताउँदै उनले अझ राम्रा काम गर्नका लागि सहयोगसँगसँगै दबाव पनि दिनुपर्ने उनको भनाइ थियो ।

‘पुष्पकमल दाहाल प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ, उहाँले केही राम्रा काम पनि गर्न खोज्नु भएको छ । तर त्यो पर्याप्त भएन । त्यसको निम्ति हामीले उहाँलाई सहयोग पनि गर्नुपर्छ । उहाँलाई दबाब पनि दिनुपर्छ । उहाँलाई उत्प्रेरित पनि गर्नुपर्छ’ उनले भने ।

सत्ता गठबन्धनको तर्फबाट वर्तमान सरकारलाई सहयोगी भूमिका खेल्न तयार रहेको नेता नेपालले बताए ।

अहिले जुन सरकार छ त्यही सरकारलाई अगाडि बढाउने बताउँदै उनले भने, ‘को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने होइन । कहिले मौका आउँछ भनेर ढुकेर बस्ने होइन ।’

एकीकृत समाजवादी मात्र नभइ नेपाली कांग्रेस पनि यही सरकारलाई अघि बढाउने पक्षमा रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *