सामाजिक फीड-
महोत्तरी, असोज २० गते ।
महोतरीको गौशाला नगरपालिका १२ कान्तिबजारमा दोश्रो मुन्नी मिश्री स्मृति पुरुष भलिबल आयोजना हुने भएको छ । सामुदायिक विकास युवा क्लबको आयोजनामा हुने भलिबल प्रतियोगिता यस क्षेत्रको सर्वाधिक पुरकार राशिको खेल हो ।
हिन्दुहरुको महान चाडपर्व दशै, दिपावली र छठ पर्वको शुभ अवसरमा कातिक ८ गते देखि दोश्रो मुन्नी मिश्रि स्मृति भलिबल प्रतियोगिता हुनेछ ।
स्व।मुन्नी मिश्रि स्मृति भलिबलको उपाधि जित्नेलाई नगद २१ हजार, उप विजेतालाई ११ हजार नगद पुरस्कार प्रदान गरिने आयोजक सामुदायिक विकास युवा क्लबका अध्यक्ष सन्तोष सिहले बताए । गत वर्ष प्रथम पुरस्कार ११ हजार र दोश्रो पुरस्कार ५ हजार १ सय थियो । यस वर्ष पुरस्कार राशि बढाइएको छ ।
भलिवल संघको नियम अनुसार सञ्चालन हुने खेलमा संघ संस्थालाई सहभागी हुन क्लबले आव्हान गरेको छ ।सामुदायिक विकास युवा क्लबको असोज २० गते शनिबार बसेको बैठकले दोश्रो मुन्नी मिश्रि स्मृति पुरुष भलिबल खेल आयोजना गर्ने निर्णय गरेको छ ।