Samajik Feed – News Portal from Nepal

बिहारमा रेल दुर्घटना : ६ जनाको मृत्यु, करिब १०० जना घाइते

एजेन्सी-जनकपुरधाम, असोज २५ गते । भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको । करिब सयजना भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको हो । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् । यो दुर्घटनामा […]

एमालेलाई गाली गरे काँग्रेस र माओवादीको भविष्य बन्दैन : ओली

सामाजिक फीड-जनकपुरधाम, असोज २४ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस र माओवादी विकास गर्न नसकेर आत्तिएको बताएका छन् । बुधबार जनकपुरमा एमालेको प्रथम मधेश प्रदेश उद्घाटनलाई जनकपुरधाममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अब एमालेलाई मात्र गरेर काँग्रेस र माओवादीको भविष्य अन्धकारमा जाने बताए । ‘काँग्रेस माओवादी हामी संग किन आत्तियो, […]

एमालेको मधेश प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै

सामाजिक फीड-जनकपुरधाम, असोज २४ गते । नेकपा एमालेको मधेश प्रदेश प्रथम अधिवेशन आजदेखि जनकपुरधाममा सुरु हुन लागेको छ । जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति केन्द्रको भवनमा आजदेखि अधिवेशन सुरु हुन लागेको हो । अधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरुले आज दिउँसो गर्ने कार्यक्रम रहेको प्रदेश अध्यक्ष रामअवतार यादवले बताए । अधिवेशनको लागि […]

एमालेको मधेश प्रदेश अधिवेशनको तयारी पूरा

सामाजिक फीड-जनकपुरधाम, असोज २३ गते । बुधबारदेखि जनकपुरधाममा हुने नेकपा एमालेको प्रथम मधेश प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति केन्द्रको भवनमा भोलिदेखि हुने अधिवेशनको तयारी पूरा भएको एमाले प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए । महेन्द्र नारायण निधि संस्कृति केन्द्रको भवनको प्रांगणमा अधिवेशनको लागि मञ्च तथा पण्डाल लगाएको […]

मधेशमा चोर बाटोबाट मन्त्रालय फुटाएको भन्दै गठबन्धनकै ५ दल असन्तुष्ट

सामाजिक फीड-जनकपुरधाम, असोज २३ गते ।मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रालय फुटाएपछि गठबन्धन भित्रकै पाँच दल अनसन्तुष्ट बनेको छ । केहीदिन अघि मुख्यमन्त्री यादवले शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर जनता समाजवादी पार्टी (जसपा)की सांसद सुरिता साहलाई व्यवस्थापन गरेका थिए । सल्लाह नै नगरी चोरबाटो अपनाएर त्यसो गरेको भन्दै सत्ता गठबन्धनका ५ दल असन्तुष्ट […]

हमासको आक्रमणमा मृत्यु भएका नेपालीहरुको सम्मानमा आज राष्ट्रिय शोक

सामाजिक फीड-जनकपुरधाम, असोज २३ गते । नेपालमा आज राष्ट्रिय शोक घोषणा गरिएको छ । प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी ज्यान गुमाएका १० नेपालीको सम्मानमा सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतक नेपालीहरुको सम्मानमा आज राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको थियो । आज देशभरका सरकारी कार्यालय र विदेशस्थित […]

इजरायलबाट स्वदेश फर्किने नेपालीहरुका लगि अनलाइनबाट विवरण संकलन

सामाजिक फीड– जनकपुरधाम, असोज २२ गते । इजरायलबाट स्वदेश फर्किने चाहने नेपालीहरुका  लागि अनलाइनमा विवरण संकलन सुरु भएको छ ।  इजरायलस्थित नेपाली दूतावासले नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीका लागि अनलाइन रजिष्ट्रेशन खुला गरेको हो ।  जसमा  सोमबार इजरायलमा रहेका २०० भन्दा बढी नेपालीले घर फर्किन नाम टिपाएको राजदुतावासले जनाएको छ । शनिबार हमास समूहले गरेको आक्रमणमा […]

इजरायलमा आनन्दको मृत्यु खबरले मुर्छित परिवार, शोकमा सपही

सामाजिक फीड-जनकपुरधाम, असोज २२ गते । इजरायलमा हमास लडाकूको आक्रमणमा छोरा आनन्द गुमेको खबरले धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ सपहीका सोमन साहको परिवार शोकमा डुबेका छन् । चार सन्तान मध्ये सोमनको एकला छोरा आनन्द गत भदौ २६ गते मात्र कृषि अभ्यासका लागि इजरायल गएका थिए । शनिबार इजरायमा प्लास्टिनीको लडाकू समूह हमासले आक्रमण गर्दा मारिने १० […]

अफगानिस्तानमा भूकम्प जाँदा १०० जनाभन्दा बढीको मृत्यु, हजार बढी घाइते

एजेन्सी-जनकपुरधाम, असोज २१ गते । अफगानिस्तानमा भूकम्प जाँदा १०० जनाभन्दा बढीको मृत्यु भएको छ । एक हजार भन्दा बढी घाइते भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । खोज र उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेहरुको संख्या अझै बढ्ने अनुमान छ । स्थानीय समय अनुसार शनिबार मध्याह्न ६।१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु […]

जनकपुर बिग मार्टमा आगलागी, सबै सामान जलेर नष्ट

सामाजिक फीड-जनकपुरधाम, असोज २१ गते । जनकपुर बिग मार्टमा गए राति आगलागी भएको छ । जनकपुरधामको रामानन्दचोक स्थित रामाबाबु रायले संचालन गरेको यो मार्टमा राति ११ बजे अकस्मात् लागेको आगो आज बिहान नियन्त्रणमा आएको हो । जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाको बारुणयन्त्र, प्रहरी, स्थानीय लगायतको सहयोगमा आगलागी नियन्त्रण आएको हो । आगलागीबाट सम्पूर्ण सामान जलेर […]