सामाजिक फीड-
जनकपुरधाम, असोज २४ गते ।
नेकपा एमालेको मधेश प्रदेश प्रथम अधिवेशन आजदेखि जनकपुरधाममा सुरु हुन लागेको छ । जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति केन्द्रको भवनमा आजदेखि अधिवेशन सुरु हुन लागेको हो ।
अधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरुले आज दिउँसो गर्ने कार्यक्रम रहेको प्रदेश अध्यक्ष रामअवतार यादवले बताए । अधिवेशनको लागि मञ्च, पण्डाल, आवाश तथा अतिथिको लागि आवास लगायतको व्यवस्थापनसहित म्पूर्ण तायरी पुरा उनले जानकारी दिए ।
अधिवेशन उद्घाटनका लागि अध्यक्ष ओली सहितको शीर्ष नेता १० बजे जनकपुर आइपुग्ने जनाएको छ । २३५ सदस्य प्रदेश कमिटी चयन गर्न मधेश प्रदेशको आठवटै जिल्लाबाट खुल्ला तथा विभिन्न क्लस्टरबाट १ हजार २७ प्रतिनिधि छनोट गरिएको छ ।
एमालेको मधेश प्रदेश अध्यक्षका लागि धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव, सिहा जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, संविधान सभा सदस्य पर्साका विचारी यादव, धनुषाका पूर्व जिल्ला सचिव लक्ष्मीनारायण यादव लगायत आकंक्षी देखिएका छन् ।