Samajik Feed – News Portal from Nepal


सामाजिक फीड

जनकपुरधाम, असोज २२ गते ।

इजरायलबाट स्वदेश फर्किने चाहने नेपालीहरुका  लागि अनलाइनमा विवरण संकलन सुरु भएको छ ।  इजरायलस्थित नेपाली दूतावासले नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीका लागि अनलाइन रजिष्ट्रेशन खुला गरेको हो ।  जसमा  सोमबार

इजरायलमा रहेका २०० भन्दा बढी नेपालीले घर फर्किन नाम टिपाएको राजदुतावासले जनाएको छ ।

शनिबार हमास समूहले गरेको आक्रमणमा १० नेपालीको मृत्यु भएको छ । अहिले पनि केही सम्पर्कविहीन छन् भने कतिपय सुरक्षित स्थानको खोजीमा छन् ।

उनीहरुमध्ये ३२ जनालाई त्यहाँको सेनाले बंकरबाट उद्धार गरेर सुरक्षित स्थानमा लगेको छ ।

तेल अबिबस्थित नेपाली दूताबासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण संकलन गर्न अनलाइन रजिस्ट्रेसन समेत सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *