Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज २३ गते ।

नेपालमा आज राष्ट्रिय शोक घोषणा गरिएको छ । प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी ज्यान गुमाएका १० नेपालीको सम्मानमा सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतक नेपालीहरुको सम्मानमा आज राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको थियो । आज देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइँदै छ ।

मन्त्रिपरिषद् बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

गएको शनिबार राति इजरायलमा हमास समूहले आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। आक्रमणपछि एक नेपाली हराइरहेका छन्।

सरकारले मृतकका परिवारलाई १० लाख दिने निर्णय पनि गरेको छ।

त्यसैगरी अन्तर्राष्ट्रिय समुदायसँगसमेत सहयोग लिएर तत्कालै इजरायलमा रहेका नेपालीको उद्धार गर्ने, इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा बेपत्ता नेपालीको खोजीमा तीब्रता दिने एवं घाइतेहरुको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय पनि सरकारले गरेको छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *