सडकमा धुलो उडेपछि बिन्धीका बासिन्दा उत्रे विरोधमा

चाँदनी झा-जनकपुरधाम, कार्तिक २३ गते । जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धी स्थित निर्माणाधीन चारलेन सडक निर्माणको क्रममा उडेको धुलोले स्थानीय पीडित भएका छन् । बुधबार बिहानदेखि दिउँसो ३ बजेसम्म बाटो ठेकेदारको अनुमतीमा धुलाम्य बाटोको काम भइरहेको छ। धुलोले श्वासप्रश्वास आृन थालेपछि स्थानीयहरु विरोधमा उत्रेका छन् । ठेकेदारले वातावरणीय प्रभावलाई ध्यान नदिँदा […]
सप्तरीबाट पाँच राउण्ड गोलीसहित दुई युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २२ गते । सप्तरीबाट पाँच राउण्ड गोलीसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सिराहाको लक्ष्मिपुर पतारी गाउँपालिका २ का १९ वर्षीय धर्मजीत कुमार यादव र सप्तरीको खडक नगरपालिका ११ बनौली बस्ने १८ वर्षीय हरी शंकर कुमार यादव रहेका छन् । मंगलबार साँझ खडक नगरपालिका ११ बनौली स्थित हुलाकी सडक खण्डमा […]
प्रहरी समायोजन गर्न संघीय सरकारलाई मधेश सरकारको ३० दिने अल्टिमेटम

सामाजिक फीडजनकपुरधाम, कार्तिक २२ गते । मधेश प्रदेश सरकारले प्रहरी समायोजन गर्न ३० दिनको अल्टिमेटम दिएको छ । बुधबार मधेश सरकारले पत्रकार सम्मेलन गर्दै अल्टिमेटसहितको ज्ञापन पत्र बिहीबार प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई बुझाउने जनाएको छ । ज्ञापनपत्र बुझाउन मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वमा मन्त्री तथा दलका नेताहरुको टोलि बिहीबार बिहान काठमाडौं जाँदै छन् । मुख्यमन्त्री यादवले […]
संघीय सरकारविरुद्ध आन्दोलन घोषणा गर्दै मधेश सरकार

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २२ गते । मधेश सरकारले आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दैछ । प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयन लगायतको कार्यान्वयन लगायतको माग गर्दै आन्दोलनको घोषणा गर्न लागेको हो । आन्दोलनको घोषणा गर्न आज दिउँसो २ बजे मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । सोमबार बसेको मुख्यमन्त्री र मन्त्रीसहितको सर्वदलीय […]
सिरहाबाट हतियार र रिचार्ज कार्डसहित तीन युवक सशस्त्र प्रहरीको फन्दामा

समाजिक फीड-जनकपुरधाम, कार्तिक २१ गते । सिरहाबाट आधुनिक हतियार र रकमसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सप्तरीको सुरुङ्गगा नगरपालिका ८ का ३२ वर्षीय अनिल राम , सुरुङ्गगा– ५ बस्ने बर्ष ३० का जिबान्नद चौधरी र सप्तरीकै खड्क नगरपालिका ४ बस्ने वर्ष ३५ कासंजय प्रसाद चौधरी रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी […]
मधेश सरकारले भूकम्प पीडितका लागि ६० लाखको राहत पठाउने

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २१ गते । मधेश सरकारले जाजरकोट र रुकमको भूकम्प प्रभावितलाई राहत पठाउने भएको छ । मधेश सरकारको विपद व्यवस्थापन समितिको बैठकले ६० लाख मूल्य बराबरको खाद्यान्न राहत स्वरुप पठाउने तयारी निर्णय गरेको गृह, संचार तथा कानून मन्त्री मोहम्मद समिमले जानकारी दिए । चामल, दाल, नुन लगायतका खाद्यान्न सामाग्री राहत स्वरुप पठाइने छ […]
आन्दोलनरत्त मृतक आरतीको माइत पक्षलाई वार्तामा आउन गृहमन्त्रालयको आग्रह

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २१ गते । लामो समयदेखि छोरीको न्यायको लागि काठमाडौंको माइतिघर मण्डलमा धर्ना बसेका मृतक आरती साहको माइती पक्षलाई गृहमन्त्रालयले वार्तामा बोलाएको छ ।गृह मन्त्रालयले सोमबार आरतीकी बुबा विनोदप्रसाद साहलाई पत्र पठाएर आधिकारिक प्रतिनिधि तोकेर वार्तामा आउन आग्रह गरेको हो ।घटनाको विषयमा छानबिन गर्नुका साथै केही विषय सम्बोधन भएको भन्दै मन्त्रालयले पत्रमा भनेको […]
नेपालमा टिकटकमा कडाइ गर्दै सरकार

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १९ गते । सरकारले सामाजिक संजाल टिकटकलाई नेपालमा कडाई गरिने भएको छ । पछिल्लो समय टिकटकमा प्रयोगकर्ताले नराम्रो तथा समाजमा अपच हुने, चरित्रहत्या गर्नेखालको सामग्री हाल्न थालेपछि त्यसलाई नेपाल सरकारले लगाम लगाउने प्रयास थालेको हो । यस विषयमा सरकारले टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग छलफल गर्दै टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः […]
इजरायलमा मारिएका आनन्दको शव नेपाली सेनाले घर ल्याइदियो

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १८ गते । इजरायलमा मारिएका धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका आनन्द साहको शव शनिबार घर ल्याइएको छ । नेपाली सेनाको विशेष विमानबाट उनको शव शनिबार अपराह्न ४ बजेर ३० मा जनकपुरधाम विमानस्थलमा ल्याइएको थियो । त्यहीँबाटनेपाली सेनाकै टोलीले स्कर्टिङ गरेर आनन्दको शवलाई उनको घर सपही लगेको हो । शव सपही पुग्दा गाउँ भावविह्वल […]
भूकम्पमा परि जाजरकोट र रुकुममा ३६ जनाको मृत्यु, ४० बढी घाइते

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १८ गते । गए राति गएको भूकम्पमा परि जाजरकोट र रुकुममा ३६ जनाको मृत्यु भएको छ । ४० जना भन्दा बढी घाइते भएका छन् ।अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए । घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पु¥याइएको छ । […]