सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २२ गते ।
सप्तरीबाट पाँच राउण्ड गोलीसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सिराहाको लक्ष्मिपुर पतारी गाउँपालिका २ का १९ वर्षीय धर्मजीत कुमार यादव र सप्तरीको खडक नगरपालिका ११ बनौली बस्ने १८ वर्षीय हरी शंकर कुमार यादव रहेका छन् ।
मंगलबार साँझ खडक नगरपालिका ११ बनौली स्थित हुलाकी सडक खण्डमा बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले दुबैजनालाई नियन्त्रणमा लिएको हो ।
धर्मजीतको साथबाट ५ राउण्ड राईफलको गोली रामद गरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
यस्तै उनको साथमा रहेका हरी शंकरलाई समेत पक्राउ गरी मुलूकी अपराध संहिता २०७४ अन्तर्गत हात हतियार तथा खरखजना सम्बन्धी कसूरमा सप्तरी जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।