Samajik Feed – News Portal from Nepal


सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १८ गते ।

इजरायलमा मारिएका धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका आनन्द साहको शव शनिबार घर ल्याइएको छ ।

नेपाली सेनाको विशेष विमानबाट उनको शव शनिबार अपराह्न ४ बजेर ३० मा जनकपुरधाम विमानस्थलमा ल्याइएको थियो । त्यहीँबाट
नेपाली सेनाकै टोलीले स्कर्टिङ गरेर आनन्दको शवलाई उनको घर सपही लगेको हो । शव सपही पुग्दा गाउँ भावविह्वल बनेको थियो ।

उनको शवलाई आजै दाहसंस्कार गर्ने तयारी गरिएको छ ।
सुदुर पश्चिम विश्वविद्यालय अन्तर्गत टिकापुरको टिकापुर मल्टिपल क्याम्पसमा एग्रिकल्चरमा बीएससी पढेका आनन्द गत भदौमा अभ्यासका लागि इजरायल पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *