Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २१ गते ।

लामो समयदेखि छोरीको न्यायको लागि काठमाडौंको माइतिघर मण्डलमा धर्ना बसेका मृतक आरती साहको माइती पक्षलाई गृहमन्त्रालयले वार्तामा बोलाएको छ ।
गृह मन्त्रालयले सोमबार आरतीकी बुबा विनोदप्रसाद साहलाई पत्र पठाएर आधिकारिक प्रतिनिधि तोकेर वार्तामा आउन आग्रह गरेको हो ।
घटनाको विषयमा छानबिन गर्नुका साथै केही विषय सम्बोधन भएको भन्दै मन्त्रालयले पत्रमा भनेको छ, ‘यहाँहरुको गुनासो सम्बोधनार्थ थप छलफल गरी टुंगोमा पु¥याउनका लागि तपाईंहरुको तर्फबाट आधिकारिक प्रतिनिधि तोकी निष्कर्षका साथ घर फर्कने वातावरण तयार पार्ने गरी मन्त्रालयमा आमन्त्रण गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

जनकपुर उपमहानगरपालिका–९ थापा चोकका मोदीबाबु साहसँग विवाह गरेकी साह ७ जेठमा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । साहको दाइजोका कारण परिवारले हत्या गरेको माइती पक्षको दाबी छ । घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै साहको परिवार लामो समयदेखि धर्नामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *