सिरहामा खुन-डाँका मुद्दामा जन्मकैद सजाय पाएका फरार मिया पक्राउ

सामाजिक फीड-जनकपुरधाम, पुस १२ गते । सिरहामा खुन डाँका मुद्दामा जन्मकैदको सजाय पाएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पाँचवर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका १२ बेल्हा बस्ने वर्ष ५६ का मो. ईब्राहिम मिया रहेका छन् । फरार रहेका मियालाई गोप्य सूचनाको आधारमा मंगलबार सिरहा नगरपालिका ७ अस्पताल स्थितबाट पक्राउ गरेर बुधबार […]
बुधबारका दिन जेष्ठ नागरिक सम्बन्धि बालबालिकालाई पढाउन विद्यालयलाई पत्राचार

सामाजिक फीड-जनकपुरधाम, पुस ११ गते । सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिकका विषयमा पढाउन सरकारले निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा मन्त्रालयले बसधबा। शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्राचार गर्दै सामाजिक अध्ययन विषयको एक पिरियडमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बुधबार […]
बराका प्रिन्सीपल स्वर्णाकारको हत्याका सुटर पक्राउ, प्रहरीले खुट्टामा दागे गोली

सामाजिक फीड-जनकपुरधाम, पुस ११ गते । बराको कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । बाराको विश्रामपुर गाउँपालिका ३ बाट राति ८ बजे मुख्य सुटर मानिएका ३२ वर्षीय सुजित सिंहलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधीराम न्यौपानेले जानकारी दिए […]
अब सरकारको कार्यशैली बदल्छु : प्रधानमन्त्री प्रचण्ड

सामाजिक फीड-काठमाडौं, पुस १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको कार्यशैली बदलिने घोषणा गरेका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने – ‘आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन, तर मेरो हुटहुटीअनुसारको परिणाम पनि आएन। म बनिसकेका पूर्वाधारको जस खोसाखोस […]
जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

सामाजिक फीड-जनकपुरधाम, पुस १० गेत । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान १० बजे बस्न लागेको हो । पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको जसपाको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण […]
अयोध्याको राममन्दिरमा ‘भार’ लैजाने विषयमा जानकी मन्दिरका महन्त र सह-महन्तबीच मतभेद

सामाजिक फीड-जनकपुरधाम, पुस ९ गते । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली (भार) लैजाने विषयमा जानकी मन्दिरका महन्त र सह महन्तबीच मतभेद देखिएको छ । सह महन्त रामरोशन दासले दुईदिन अघि पत्रकार सम्मेलन गर्दै अयोध्याको नवनिर्मित राममन्दिरमा जानकी मन्दिरबाट कोसेली जाने बताएका थिए । मन्दिरका मुख्य महन्त रामतपेश्वर दासले कोसेली लिएर […]
आज ‘क्रिसमस डे’ मनाइँदै

रासस-काठमाडौं, पुस ९ गते । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । […]
हंसपुर नगरपालिकाका तत्कालिन प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सामाजिक फीड-जनकपुरधाम, पुस ८ गते । पोखरी ठेक्का लगाउँदा भ्रष्टाचार भएको ठहरसहित हंसपुर नगरपालिका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । वडा नं. १ भगवानपट्टीको पोखरी ठेक्कामा भ्रष्टाचार भएको अभियोगमा ख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी सहित चारजनाविरुद्ध मुद्दा दायर गरेको हो ।उनका अलावा वडा नं. […]
राममन्दिरको प्राणप्रतिष्ठामा जानकी मन्दिरले कोसेली पठाउने

रासस-जनकपुरधाम, पुस ८ गते । भारतको अयोध्यामा आगामी माघ ८ गते हुने ‘श्रीराम मन्दिरमा प्राण प्रतिष्ठा’ का अवसरमा नेपालबाट जनकपुरधाम–अयोध्याधाम यात्रासहित उपहार पठाइने भएको छ । जानकी मन्दिरको अगुवाइमा जनकपुरधामबाट अयोध्यासम्म विशेष यात्रासहित यहाँको उपहार पठाइन लागेको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिए । उपहारमा विभिन्न प्रकारका आभुषण, भाँडावर्तन, समावेश गरिनेछ । उनका […]
गौशाला नगरपालिकाकी उपमेयर महतो चढ्ने गाडीमा आगजानी

सामाजिक फीड-जनकपुुधाम, पुस ८ गते । गौशाला नगरपालिकाकी उप–मेयर रेणु महतो चढ्ने गाडीमा आगजनी गरिएको छ । महोत्तरी स्थित गौशाला नगरपालिकाकी उप–मेयर महतोले चढ्ने गाडी घरमै लगाई राखेको अवस्थामा आगजनी गरिएको हो । आइतबार राति ३ बजेमा आगजनी गरेको बेला आगो बलिरहेको समयमा स्थानीय राजकिशोर महतोले देखेपछि जानकारी गराएका थिए । गएराति रामनगर स्थित घरको […]