सामाजिक फीड-
जनकपुरधाम, पुस ११ गते ।
सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिकका विषयमा पढाउन सरकारले निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा मन्त्रालयले बसधबा। शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्राचार गर्दै सामाजिक अध्ययन विषयको एक पिरियडमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बुधबार ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न अनुरोध गरेको भन्दै शिक्षा मन्त्रालयकी शाखा अधिकृत उषा लामिछानेले सामाजिक अध्ययन विषय पढाइ हुने समयमा ज्येष्ठ नागरिकका विषयमा पढाउन भन्दै पत्राचार गरेकी छन् ।
बुधबार ‘ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान’ नारा सहित देशभर राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ ।