सामाजिक फीड-
जनकपुरधाम, पुस १० गेत ।
जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान १० बजे बस्न लागेको हो ।
पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको जसपाको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार बैठकमा यही पुस २५ गतेदेखि काठमाडौंमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक, पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठक र पार्टीका केन्द्रीय समिति सदस्यहरुको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा पनि छलफल हुने छ ।