नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा आज हुँदै

सामाजिक फीड-जनकपुरधाम, माघ ८ गते । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको आज प्राण प्रतिष्ठा हुँदैछ । आज भव्य समारोहबीच भगवान रामको मन्दिरको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठाको कार्यक्रम हुनेछ। राम जन्मभूमि ट्रस्टले प्राण प्रतिष्ठाको सम्पूण तयारी पूरा भएको बताएको छ । […]
भोलि हुने राम मन्दिरको प्राण प्रतिष्ठामा राजविराजमा सार्वजनिक बिदा

सामाजिक फीडजनकपुरधाम, माघ ७ गते । भोलि हुने भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा सप्तरीको राजविराज नगरपालिकामा सार्वजनिक बिदा घोषणा गरिएको छ । प्राण प्रतिष्ठामा राजविराज नगरपालिकाले सार्बजनिक बिदा घोषणा गरेको कार्यबाहक नगरप्रमुख इसरत परविनले जानकारी दिए ।, उनले एक सूचना जारी गर्दै रामको प्राण प्रतिष्ठाको दिन राजविराज नगरपालिका मातहतको सबै निकायमा […]
मधेश सरकारले मनाए बलिदानी दिवस, सहिद परिवारलाई ३–३ लाख रुपैयाँ राहत

सामाजिक फीड-जनकपुरधाम, माघ ५ गते । बलिदानी दिवसको अवसरमा मधेश सरकारले मधेश आन्दोलनका सहिद परिवार तथा घाइतेहरुलाई आर्थिक सहायता वितरण गरेको छ ।गृह संचार तथा कानुन मन्त्रालय अन्तर्गतको मधेशी सहिद प्रतिष्ठानले वीरगञ्जमा आयोजना गरेको छैठौं बलिदानी दिवसमा सहिद परिवारलाई ३–३ लाख र घाइतेहरुलाई १ देखि २ लाख रुपैयाँसम्म वितरण गरेको हो ।गृह मन्त्री मोहम्मद समिमका […]
आन्दोलनका लागि तयार हुनुपर्छ : डा. सिके राउत

सामाजिक फीडजनकपुरधाम, माघ ५ गते । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अझैपनि अधिकार नपाएको र विभेद कायमै रहेकाले आन्दोलनका लागि तयार हुनुपर्ने बताएका छन् । सिरहाको सन्हमैठामा जनमत पार्टीले आयोजना गरेको बलिदानी दिवसलाई सम्बोधन गर्दै अध्यक्ष राउतले रमेश महतोको सहादतको १७ वर्षमा पनि विभेद कायमै रहेकाले आन्दोलनको आवश्यक्ता रहेको बताए । उनले समग्र मधेश […]
प्रस्तावित जग्गामै बर्दिबास मेडिकल कलेज बन्ने

सामाजिक फीड-जनकपुरधाम, माघ ५ गते । प्रस्तावित जग्गामै बर्दिवास मेडिकल कलेज बन्ने भएको छ । पूर्वाधार निर्माणका लागि सरकारले जग्गा उपलब्ध गराएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले कलेज पूर्वाधार निर्माणका लागि महोत्तरी नगरपालिका–४ माइस्थानको सामुदायिक वन क्षेत्रको ५४.५८४ हेक्टरको जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । जग्गा उपलब्ध भएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय […]
आज बलिदानी दिवस मनाइँदै, मधेशमा सार्वजनिक बिदा

सामाजिक फीड-जनकपुरधाम, माघ ५ गते । आज माघ ५ गते । मधेश प्रथम मधेश आन्दोलनको आज १७ वर्ष पूरा भएको छ । आजकै दिन ५ माघ २०६३ मा आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतो सहादत भएको थियो । सहिद रमेश महतोको सहादत तथा आन्दोलनको सुरुवात भएको सम्झनामा माघ ५ गतेलाई मधेश प्रदेश सरकार र मधेश […]
जिल्ला प्रशासन कार्यालय सिरहा भित्रै कुटिए मिटरब्याजी

सामाजिक फीड-जनकपुरधाम, माघ ४ गते । जिल्ला प्रशासन कार्यालय सिरहा भित्रै एक मिटरब्याजीमाथि कुटपिट भएको छ । मिटरब्याजपीडितहरूले कार्यालयभित्रै साहु सूर्यकुमार यादवलाई कुटपिट गरेका हुन् । कुटपिटबाट उनी घाइते भएका छन् । विहीवार मिटरब्याजको विषयमा छलफलका क्रममा उनीमाथि मिटरब्याज पीडितहरुले कुटपिट गरेका छन् । ऋणी राजकुमार महतो र धनी यादबीच लेनदेनको विषयलाई लिएर जिल्ला प्रशासन […]
राममन्दिरको प्राण प्रतिष्ठाको दिन जनकपुरको घरघरमा दीप प्रज्वलन गर्न मेयरको अपिल

सामाजिक फीड-जनकपुरधाम, माघ ४ गते । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठाको दिन नगरमा दीप प्रज्वलन गर्न अपिल गरिएको छ । जनकपुरधामका मेयर मनोजकुमार साहले बुधबार एक सूचना जारी गर्दै सो दिन घरघर तथा मठमन्दिरमा दीप प्रज्वलन गर्न नगरबासीमा अपिल गरेका हुन् । अगामी जनवरी २२ तारेख अर्थात् माघ ८ गते राममन्दिरको प्राण […]
आज स्वाभिमान दिवस मनाउँदै मधेश सरकार

सामाजिक फीडजनकपुरधाम, माघ ३ गते । मधेश सरकारले आज स्वाभिमान दिवस मनाउन लागेको छ । आजकै दिन ३ माघ २०७८ मा तत्कालीन ‘प्रदेश नं. २’ को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट तय भएकोले स्वाभिमान दिवस मनाउन लागेको हो । गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस […]
धनुषामा मृत फेला परेका राधेकी श्रीमतीको मृत्यु

सामाजिक फीडजनकपुरधाम, माघ २ गते । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पकडियामा मृत फेला परेका २२ वर्षीय राधे सहनीका श्रीमतीको पनि गए राति उपचारको क्रममा मृत्यु भएको छ । गम्भीर घाइते राधेकी श्रीमती २० वर्षीया अस्मिता शर्माको सोमबार राति ११ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । राधे सोमबार बिहान पकडिया […]