Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ ५ गते ।

आज माघ ५ गते । मधेश प्रथम मधेश आन्दोलनको आज १७ वर्ष पूरा भएको छ । आजकै दिन ५ माघ २०६३ मा आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतो सहादत भएको थियो ।

सहिद रमेश महतोको सहादत तथा आन्दोलनको सुरुवात भएको सम्झनामा माघ ५ गतेलाई मधेश प्रदेश सरकार र मधेश केन्द्रीत दल बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन् ।

२०६३ मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाए र प्रहरीले उनलाई पक्राउ गरेपछि आन्दोलन शुरु भएको थियो ।

आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो पहिलो सहिद भए । त्यसपछि मधेशभर आन्दोलन चर्किएको थियो ।

बलिदानी दिवसको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ । मधेश सरकारले बलिदानी दिवसको अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।


मधेश सरकारले आज वीरगञ्जमा बलिदानी दिवसको आयोजना गरेको छ । मधेश केन्द्रित दलहरु जसपा, जनमत र लोसपाले बलिदानी दिवसमा विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *