सामाजिक फीड
जनकपुरधाम, माघ ३ गते ।
मधेश सरकारले आज स्वाभिमान दिवस मनाउन लागेको छ । आजकै दिन ३ माघ २०७८ मा तत्कालीन ‘प्रदेश नं. २’ को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट तय भएकोले स्वाभिमान दिवस मनाउन लागेको हो ।
गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।
आज मधेश सरकारले जनकपुरधाम स्थित महेन्द्र नारायाण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ११ बजे स्वाभिमान दिवस मनाउने कार्यक्रम आयोजन गरेको छ । त्यस अवसरमा मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो एकवर्षे कार्यकालको प्रमुख कार्यविवरण सार्वजनिक गर्ने पनि कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ ।