Samajik Feed – News Portal from Nepal


सामाजिक फीड
जनकपुरधाम, माघ ५ गते ।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अझैपनि अधिकार नपाएको र विभेद कायमै रहेकाले आन्दोलनका लागि तयार हुनुपर्ने बताएका छन् । सिरहाको सन्हमैठामा जनमत पार्टीले आयोजना गरेको बलिदानी दिवसलाई सम्बोधन गर्दै अध्यक्ष राउतले रमेश महतोको सहादतको १७ वर्षमा पनि विभेद कायमै रहेकाले आन्दोलनको आवश्यक्ता रहेको बताए ।

उनले समग्र मधेश एक प्रदेशको लागि आन्दोलन हुँदा पनि आठ जिल्लामा सिमित गरिएको आक्रोश पोखे ।

‘मेचीदेखि महाकालीसम्म २२–२४ जिल्लाको समग्र मधेश एक प्रदेशका लागि आन्दोलन भएको थियो । तर ८ जिल्लामा सिमित गरियो । अधिकार अझै पाइएको छैन । विभेद कायमै छ । आन्दोलनका लागि हामी तयार हुनुपर्छ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *