Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ ५ गते ।

बलिदानी दिवसको अवसरमा मधेश सरकारले मधेश आन्दोलनका सहिद परिवार तथा घाइतेहरुलाई आर्थिक सहायता वितरण गरेको छ ।
गृह संचार तथा कानुन मन्त्रालय अन्तर्गतको मधेशी सहिद प्रतिष्ठानले वीरगञ्जमा आयोजना गरेको छैठौं बलिदानी दिवसमा सहिद परिवारलाई ३–३ लाख र घाइतेहरुलाई १ देखि २ लाख रुपैयाँसम्म वितरण गरेको हो ।
गृह मन्त्री मोहम्मद समिमका अनुसार मधेश आन्दोलनका ६३ जना सहिद परिवारलाई ३–३ लाख रुपैयाँ राहत प्रदान गरिएको छ ।
यस्तै १०५ जना मधेश आन्दोलनका घाइतेलाई घाइते प्रकृतिको आधारमा १ देखि २ लाख रुपैयाँ प्रदान गरिएको मन्त्री समिमतले बताए । साथसाथै सहिद परिवार र घाइतेलाई एक–एक थान बल्यांकेट र सम्मान पत्र समेत प्रदान गरिएको छ ।
गृहमन्त्री समिमको अध्यक्षता तथा जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा मधेश सरकारले बलिदानी दिवस मनाएको हो । विशिष्ट अतिथिको रुपमा मुख्यमन्त्री सरोजकुमार यादव रहेको सो कार्यक्रममा अर्थमन्त्री संजय यादव, कृषि तथा उर्जा मन्त्री सिंहासन साह कलवार, खेलकुद तथा समाजकल्याण मन्त्री सुरिता साह, उद्योग तथा पर्यटन मन्त्री सुनिता यादव लगायत केही प्रदेश सांसहरुको समेत सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *