Samajik Feed – News Portal from Nepal

तराई मधेशमा आज हर्सोल्लापूर्वक होली पर्व मनाइँदै, मिथिलाञ्चलमा भोलि

सामाजिक फीडजनकपुरधाम, चैत १२ गते । आज तराई मधेशमा होली पर्व मनाइँदै छ । हिजो पहाडी र हिमाली जिल्लाहरुमा होली मनाएपछि आज तराई मधेशका जिल्लाहरुमा मनाइँदै छ । होलीको अवसरमा सरकारले आज तराई मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । साधु परम्परा (मठ, गुरुकूल परम्परा)मा पूणिर्मा सकिएर लाग्ने प्रतिपदा तिथिमा होली खेल्ने परम्परा छ । […]

मध्यमा परिक्रमा आज जनकपुरधाम फर्किदै

सामाजिक फीडजनकपुरधाम, चैत ११ गते । मिथिलाको महाकुम्भ मानिने पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा आज जनपुरधाम फर्किदै छ । १४ औं दिन भारतको बिशौलमा विश्राम गरेका परिक्रमा यात्री आज १५ औं दिन जनकपुरधाम फर्किरहेका छन् । आज जनकपुरधाममा बास बस्ने परिक्रमा यात्री भोलि अन्तरगृह परिक्रमा गरेपछि घर फर्कन्छन् । अन्तरगृह परिक्रमालाई पञ्चाकोशी प्ररिक्रमा भनिन्छ । माध्यमिकी […]

हिमाली पहाडी क्षेत्रमा आज मनाइँदै होली, तराई मधेशमा भोलि

सामाजिक फीड-जनकपुरधाम, चैत ११ गते । हिमाली एवं पहाडी क्षेत्रमा आज हर्षोल्लासका साथ होली पर्व मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाका दिन आज हिमाली पहडाी क्षेत्रमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि (सोमबार) र जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा मंगलबार […]

बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा एकै परिवारका तीनजनाको मृत्यु

सामाजिक फीडजनकपुरधाम, चैत १० गते । दाङमा देउखुरीको राप्ती गाउँपालिकामा विद्युतको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका ३ का ६० वर्षीय गोरखबहादुर केसी, उनकी श्रीमती ५५ वर्षीया दिलसरा र उनीहरूका चार वर्षीय नाती कृष्ण रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । शनिबार दिउँसो करिब […]

मधेशमा एमालेबाट थप तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

सामाजिक फीड-जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारमा नेकपा एमालेबाट थप एक राज्यमन्त्रीसहित चार मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले एमालेबाट थप गरेर मन्त्रीमण्डल विस्तार गरेका हुन् । राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा सपथ […]

रुसको एउटा कन्सर्ट हलमा आतंकी आक्रमण, कम्तिमा ६० जनाको मृत्यु, १४५ घाइते

एजेन्सी-जनकपुरधाम, चैत १० गते । रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । आक्रमणमा परेर १४५ भन्दा बढी घाइत भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । शुक्रबार राति मस्कोको पश्चिमी उपनगरमा रहेको भेटेरन रक ब्याण्डको कन्सर्ट हेर्न जम्मा भएका दर्शकहरूको भीडमा गोली हान्नुका साथै विस्फोटक पदार्थ प्रहार गरिएको बीबीसीले […]

मधेश सरकारबाट काँग्रेसले लियो समर्थन फिर्ता

सामाजिक फीड-जनकपुरधाम, चैत ९ गते । नेपाली काँग्रेसले मधेश सरकारबाट समर्थन फिर्ता लिएको छ । काँग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले प्रदेश प्रमुखलाई आज पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन् । गत सोमबार मुख्यमन्त्री सरोजकुमार यादवले काँग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेका थिए । सोही दिन उनले नेकपा एमाले संसदीय दलका […]

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

एजेन्सी-जनकपुरधाम, चैत ९ गते । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोलीले उनलाई पक्राउ गरेको हो । बिहीबार त्यो टोलि मुख्यमन्त्रीको घरमा पुगेर दुई घन्टा लामो सोधपुछ गरेको थियो । त्यसपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दिल्ली सरकारकी मन्त्री एवं आम आदमी […]

स्रोत नखुलेको १० लाख रुपैयाँसहित सिरहाबाट एकजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत ८ गते । सिरहाबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर बस्ने ३० वर्षीय मुकेश कुमार साहलाई प्रहरीले बुधबार लहान नगरपालिका १ गोलचक्कर स्थितबाट पक्राउ गरेको हो । पूर्व पश्चिम राजमार्गमा प्र ०१२–०१–००२ प ३९६९ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकलमा सवार भई जाँदै गरेको […]

दलित महिला जनप्रतिनिधिलाई पाइलै पिच्छे चुनौती

ममता बैठा– जनकपुरधाम, चैत ८ गते । जनकपुरधाम उपमाहानगरपालिका ५ की रिपु कुमारी दास दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधि छिन् । नेपालीकाँग्रेस पार्टीबाट दलित महिला वडा सदस्यमा उनी दुई पटक र्निविरोध अनुमोदित भइन् ।तर, उनी निरक्षर छन् । जस कारण पाइलै पिच्छे समस्या भोग्नु परेको तितो अनुभनव उनको छ । ‘मलाई सदस्यको कुनै अधिकार दिएको […]