सामाजिक फीड-
जनकपुरधाम, चैत १० गते ।
मधेस प्रदेश सरकारमा नेकपा एमालेबाट थप एक राज्यमन्त्रीसहित चार मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले एमालेबाट थप गरेर मन्त्रीमण्डल विस्तार गरेका हुन् ।
राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा सपथ लिएका हुन् ।
यस्तै, केशव रायले स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीको रुपमा सपथ लिएका हुन् ।
उनीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । यस्तै, मुख्यमन्त्री यादवले राज्यमन्त्री केशव रायलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।