सामाजिक फीड
जनकपुरधाम, चैत १० गते ।
दाङमा देउखुरीको राप्ती गाउँपालिकामा विद्युतको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका ३ का ६० वर्षीय गोरखबहादुर केसी, उनकी श्रीमती ५५ वर्षीया दिलसरा र उनीहरूका चार वर्षीय नाती कृष्ण रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
शनिबार दिउँसो करिब सवा २ बजेतिर विद्युत्को तार चुडिएर घर अगाडि खेलिरहेका नातीलाई करेन्ट लागेपछि बचाउन गएका हजुरआमा र हजुरबुबालाई पनि करेन्ट लागेको थियो । करेन्ट लागेर तीनैजना गम्भीर घाइते भएका थिए ।
घाइतेमध्ये हजुरआमा र नातीको लमही अस्पतालमा र हजुरबुबाको बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक उज्वलबहादुर सिंहले जानकारी दिए ।