Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत ९ गते ।

नेपाली काँग्रेसले मधेश सरकारबाट समर्थन फिर्ता लिएको छ । काँग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले प्रदेश प्रमुखलाई आज पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन् ।

गत सोमबार मुख्यमन्त्री सरोजकुमार यादवले काँग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेका थिए । सोही दिन उनले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मन्त्री नियुक्त गर्दै काँग्रेससंग खोँसेको तीनवटै मन्त्रालयको जिम्मेबारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *