Samajik Feed – News Portal from Nepal

जलेश्वरको एक टेन्ट हाउसमा ग्यास सिलिण्डर पड्केर आगलागी

सामाजिक फीड-जनकपुरधाम, असोज ११ गते । जलेश्वरको एक टेन्ट हाउसमा आगलागी भएकोे छ । जलेश्वर नगरपालिका २ दुर्गाचोकमा रहेको अरविन्द साहको टेन्ट हाउसमा आज दिउँसो ग्यास सिलिन्डर विष्फोट भएर आगलागी भएको हो । आगलागी जलेश्वर, मटिहानी र रामगोपालपुर नगरपालिकाको बरूणयन्त्र तथा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । आगलागीले घरमा राखिएको टेन्टका […]

लक्ष्मीनिया गाउँपालिकामा दुई प्रमुख प्रशासकीय अधिकृतको जुहारी

सामाजिक फीड-जनकपुरधाम, असोज १० गते । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा असोज ८ गते मंगलबार जितिया पर्वको अवसरमा सामुदायिक विद्यालय तथा अन्य सरकारी निकायहरूमा महिलाका लागि बिदा दिने सूचना प्रकाशित गरियो । असोज ७ गते सार्वजनिक यो सूचनामा प्रमुख प्रशासकीय अधिकृत सर्वजीत कुमार झाको हस्ताक्षर थियो । तर, भोलिपल्ट अर्थात् असोज ८ गते बिहान, अर्को प्रमुख प्रशासकीय […]

सर्लाहीमा गोली प्रहार गरी श्रीमतीको हत्या, बुबा गम्भीर घाइते

सामाजिक फीडजनकपुरधाम, असोज १० गते । सर्लाहीको हरिपूर्वा नगरपालिका–५ मा आज बिहान गोली प्रहार गरी एक महिलाको हत्या भएको छ भने उनका ससुरा गम्भीर घाइते भएका छन् । स्थानीय २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन्। घाइते ५४ वर्षीय रामदिनेश राय मृतकका ससुरा हुन् । […]

गृह मन्त्रालयमा मुख्यमन्त्री सिंहको छड्के

सामाजिक फीडजनकपुरधाम, असोज ९ गते । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंहले आफ्नै मातहतको गृह मन्त्रालयको छड्के अनुगमन तथा निरीक्षण गरेका छन् । मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले बुधबार दिउँसो पौने ५ बजे गृह मन्त्रालयको छड्के अनुुगमन तथा निरीक्षण गरेको हो । गृह मन्त्रालयका कर्मचारीहरुमा लापरबाही बढेको तथा सेवा प्रवाहमा दुःख दिने गरेको जन गुनासो बढेपछि […]

९ थुनुवा फरार प्रकरण : घटना छानबिन गर्न दुईवटा समिति गठन

सामाजिक फीड-जनकपुरधाम, असोज ८ गते । धनुषा प्रहरीको हिरासतबाट ९ जना थुनुवा फरार घटना छानविन गर्न प्रहरीले दुईवटा छु्ट्टा छुट्टै समिति गठन गरेको कछ । मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी सुरेन्द्र गुरुङ्को नेतृत्वमा पाँच सदस्य समिति गठन गरेको छ ।आज साँझ एसएसपी गुरुङ्को नेतृत्वमा गठन गरेको समितिमा एसपी सुवासचन्द्र बोहरा लगायत छन् । कार्यालयका प्रवक्ता […]

धनुषा प्रहरीको हिरासतबाट भागेका ४ थुनुवा पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज ७ गते । धनुषा जिल्ला प्रहरीको हिरासत फोडेर भागेका चार थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । गए राति हिरासतको भेन्टिलेशन फोडेर ९ थुनुवा फरार भएका थिए । तीमध्ये सत्यम झालाई जनकचोकबाट तत्कालै पक्राउ गरिएको थियो। फरार भएका आठ जनामध्ये तीनजनालाई थप अनुसन्धान गर्दै धनुषाको विदेह नगरपालिका अन्तर्गत वैदेही स्टेशनको लखौरी धानखेतमा फेला […]

बारामा एक हात्ती मृत फेला

सामाजिक फीड-जनकपुरधाम, असोज ७ गते । बारामा एक हात्ती मृत फेला परेको छ । कोल्हबी नगरपालिका– २ भलुयाहीखोर नजिक रमेश जिसीको धान खेतमा आइतबार बयस्क हात्ती मृत फेला परेको हो । कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमका अनुसार १५ वर्षको बयस्क हात्ती आइतबार मृत फेला परेको हो । हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको पाइएको […]

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ थुनुवा फरार

सामाजिक फीड-जनकपुरधाम, असोज ७ गते । जिल्ला प्रहरीको हिरासत फोडेर ८ जना थुनुवा फरार भएका छन् । गए राति हिरासतको भेन्टिलेशन फोडेर आठ थुनुवा फरार भएका हुन् । ९ जना भागेपनि प्रहरीले तत्कालै एक थुनुवालाई पक्राउ गर्न सफल भएका छन् । अन्य आठ थुनुवाको खोजी प्रहरीले जारी राखेको छ । फरार हुनेमा ५ जना लागूऔषध […]

मधेस प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य

रासस-जनकपुरधाम, असोज ५ गते । मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी चालु तेस्रो अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु तेस्रो अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त […]

डा. जामुन सिंह प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा नियुक्त

सामाजिक फीड-जनकपुरधाम, असोज ५ गते । प्रादेशिक अस्पताल जनकपुरको निर्देशक पदमा डा. जामुनप्रसाद सिंह नियुक्त भएका छन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको यस अस्पतालमा मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ उनलाई नियुक्त गरेको हो । बिगत १० वर्षदेखि प्रादेशिक अस्पताल जनकपुरमा सेवा गर्दै आएका बरिष्ठ बालरोग विशेषज्ञ डा. सिंहले अब निर्देशकको जिम्मेवारी […]