Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज ७ गते ।

धनुषा जिल्ला प्रहरीको हिरासत फोडेर भागेका चार थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । गए राति हिरासतको भेन्टिलेशन फोडेर ९ थुनुवा फरार भएका थिए । तीमध्ये सत्यम झालाई जनकचोकबाट तत्कालै पक्राउ गरिएको थियो।

फरार भएका आठ जनामध्ये तीनजनालाई थप अनुसन्धान गर्दै धनुषाको विदेह नगरपालिका अन्तर्गत वैदेही स्टेशनको लखौरी धानखेतमा फेला पारिएको हो। धनुषा प्रहरीका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार पक्राउ परेकाहरूमा लागूऔषध मुद्दाका अभियुक्त विदेह नगरपालिका–७ का २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका–१३ का ३३ वर्षीय अभास्कर कुमार यादव, र अभद्र व्यवहार मुद्दाका अभियुक्त जनकपुरधाम–४ का २२ वर्षीय विक्की कार्की रहेका छन् ।

यद्यपि, अझै फरार रहेका व्यक्तिहरूमा लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका–२१ रुपैठाका अमितकुमार झा, विदेह नगरपालिका–७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल, औरही गाउँपालिका–२ का २३ वर्षीय विशाल मुखिया, अभद्र व्यवहार मुद्दाका जनकपुरधाम उपमहानगरपालिका–१ का १७ वर्षीय सुमित मेस्तर, र नगराइन नगरपालिका–२ का १८ वर्षीय मनिष मण्डल रहेका छन् । प्रहरीका अनुसार उनीहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *