Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज ५ गते ।

प्रादेशिक अस्पताल जनकपुरको निर्देशक पदमा डा. जामुनप्रसाद सिंह नियुक्त भएका छन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको यस अस्पतालमा मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ उनलाई नियुक्त गरेको हो ।

बिगत १० वर्षदेखि प्रादेशिक अस्पताल जनकपुरमा सेवा गर्दै आएका बरिष्ठ बालरोग विशेषज्ञ डा. सिंहले अब निर्देशकको जिम्मेवारी सम्हालेका हुन् ।

यसअघि निर्देशक रहेका डा. रामनरेश पण्डितको सरुवा भएपछि डेढ महिनादेखि उक्त पद खाली रहेको थियो । डा. सिंह मधेश प्रदेश सरकारका दशौं तहका बरिष्ठ कन्सल्टेन्ट प्याडियाट्रिक्स विशेषज्ञ हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *