सामाजिक फीड-
जनकपुरधाम, असोज ११ गते ।
जलेश्वरको एक टेन्ट हाउसमा आगलागी भएकोे छ । जलेश्वर नगरपालिका २ दुर्गाचोकमा रहेको अरविन्द साहको टेन्ट हाउसमा आज दिउँसो ग्यास सिलिन्डर विष्फोट भएर आगलागी भएको हो ।
आगलागी जलेश्वर, मटिहानी र रामगोपालपुर नगरपालिकाको बरूणयन्त्र तथा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।
आगलागीले घरमा राखिएको टेन्टका सामानहरु जलेर क्षति भएपनि कति क्षति भएको भन्ने एकिन भएको छैन ।
आगलागीले घरमा समेत ठूलो क्षति पुगेको छ । घटना बारे अनुसन्धान र क्षतिको विवरण एकिन गरिरहेको महोतरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जैसवारले बताए ।