दशैंको छैठौँ दिन आज ‘बेलनौत’ गरिँदै

रासस-महोत्तरी, असोज २२ गते । मधेसको प्राचीन मिथिला क्षेत्रमा दसैँ पर्वलाई ‘दशहरा’ भनिन्छ । शारदीय नवरात्र पनि भनिने यस पर्वको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ विधि सम्पन्न गरिँदैछ । नवरात्रको छैटौँ दिन अर्थात् षष्ठी तिथिका दिन यो विधिको परम्परा छ । पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी दुर्गाका प्रतिमाका आँखा उघार्ने प्रयोजनका लागि ‘बेलनौत’ विधि […]
जनकपुरमा बुधबार एकैपटक पाँचसय जना झिझिया नाच्ने

सामाजिक फीड जनकपुरधाम, असोज २१ गते । विजया दशमीको अवसरमा जनकपुरधाममा यस वर्ष पनि लोकनृत्य झिझिया महोत्सव आयोजना हुने भएको छ। नव मिथिला फाउण्डेशनले आगामी बुधबारको दिन यस महोत्सवको आयोजना गर्ने जानकारी दिएको छ । फाउण्डेशनले आजको पत्रकार सम्मेलनमा मिथिलाको लोक संस्कृति, लोक गायन र धार्मिक परम्पराको संरक्षण गर्ने उद्देश्यले दोस्रो पटक झिझिया महोत्सव आयोजना […]
बडादशैंको पाँचौं दिनः स्कन्दमाताको पूजा हुँदै

सामाजिक फीड-जनकपुरधाम, असोज २१ – आज बडादशैंको पाँचौं दिनमा हिन्दू धर्मावलम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गरिरहेका छन्। देवी स्कन्दमाता भगवान कार्तिकेयको ममतामयी स्वरूपलाई प्रतिनिधित्व गर्छिन्। कार्तिकेयलाई काखमा राखी स्नेह प्रदान गर्ने भएकाले नवरात्रको पाँचौं दिन उनलाई स्कन्दमाताको नामले पुकारिन्छ। भगवान कार्तिकेयलाई स्कन्द पनि भनिन्छ, जो ज्ञान र कर्मशक्तिको प्रतीक मानिन्छन्। यिनलाई देवी स्वरूपमा पूजा गर्दा स्कन्दमाताको […]
नवरात्रको चौंथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

सामाजिक फीडजनकपुरधाम, असोज २० गते । नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल चतुर्थीमा कुष्माण्डा देवीको पूजा विशेष महत्वको मानिन्छ । धार्मिक मान्यताअनुसार, कुष्माण्डा देवीको आराधना गर्नेले शक्ति, ऐश्वर्य, र विद्या प्राप्त गर्दछ। वैदिक सनातन धर्ममा देवीको पूजा आराधना गरी नवदुर्गाका रूपहरूको विशेष सम्मान गरिन्छ । कुष्माण्डा देवी नवदुर्गाका चौंथो […]
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

सामाजिक फीड-जनकपुरधाम, असोज १९ गते । बडादशैंको तेस्रो दिन, नवरात्रको अवसरमा आज नौ दुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदैछ । देवी चन्द्रघण्टाले चन्द्रमाको आधार भएको घण्ट धारण गर्ने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने धार्मिक ग्रन्थहरूमा उल्लेख छ । देवीको पूजाले शक्ति प्राप्त हुने विश्वासका साथ नवरात्रमा विशेष आराधना गरिन्छ। नेपाल संस्कृत […]
सर्लाहीको नहरमा डुबेर एक बालकको मृत्यु

सामाजिक फीड-सर्लाही, असोज १८ गते । सर्लाहीको बसबरिया गाउँपालिका–४, गोनरवामा १२ वर्षीय चन्दन भण्डारीको नहरमा डुबेर मृत्यु भएको छ। उनी स्थानीय सुरेन्द्र भण्डारीका छोरा हुन् । आज साँझ करिब ४ः४० बजे, चन्दन घरबाट ५०० मिटर पूर्वमा रहेको झाझपुल नहरमा नुहाउन गएका थिए । त्यही क्रममा उनी जमेको पानीमा डुबेका थिए। माछा मारिरहेका स्थानीयले उनलाई डुबिरहेको […]
नेपालीको महान पर्व बडादशैं सुरु

सामाजिक फीड-जनकपुरधाम, असोज १७ गते । नेपालीहरूको महान पर्व बडादशैं आजदेखि सुरु भएको छ । आज घटस्थापना मनाइँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बडादशैं उल्लासपूर्वक मनाइन्छ । आजको दिन घर–घरमा वैदिक विधिअनुसार घटस्थापना गरी, दियो, कलश र गणेश स्थापना गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभ साइत बिहान ९ बजेर १६ […]
स्रोत नखुलेको ११ लाख ८१ हजार रुपैयाँसहित महोत्तरीबाट एकजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज १६ गते । महोत्तरीबाट स्रोत नखुलेको झण्डै १२ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका ६ सम्सीका ४२ का शेष हसमत अली रहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले बताए । उनका अनुसार प्र ०२–००५ प ५९९५ नम्वरको मोटरसाइकलमा सवार अलीलाई महोत्तरीको मनरासिस्वा नगरपालिका ६ भोल्ही चौकमा […]
विपी राजमार्गको नेपालथोकमा डाइभर्सनको काम सुरु

सामाजिक फीड-जनकपुरधाम, असोज १५ गते । विपी राजमार्ग अन्तर्गत नेपालथोक क्षेत्रमा डाइभर्सनको काम सुरु भएको छ । सडक डिभिजन कार्यालय खाल्टेले भोलिसम्म सिन्धुलीदेखि काभ्रे जिल्लासम्मको ट्रयाक सञ्चालनमा आउने इन्जिनियर संदेशराज ढुंगेलले जानकारी दिए । सडक डिभिजन खाल्टेले आफ्नो क्षेत्रको सडक मर्मत सकेपछि अन्य क्षेत्रको काममा लाग्ने उनको भनाइ छ । Shailendra Kranti
विपी राजमार्गको सिन्धुलीदेखि नेपालथोकसम्म यातायात पुनः सुचारु

सामाजिक फीड-काठमाडौं, असोज १४ गते । बाढी पहिरोको कारण विभिन्न ठाउँमा अवरुद्ध विपी राजमार्गको सिन्धुलीदेखि नेपाथोकसम्मको सडक मर्मत गरी यातायात सुचारु गरिएको छ । खुर्कोट स्थित सुनकोशी मरिन डाइभर्सन नजिक भाँसिएको सडक मर्मत गरेर र विभिन्न ठाउँमा पहिरो पन्छाएर यातायात सुचारु भएको छ । सिन्धुलीदेखि नेपालथोक प्रहरीबिटसम्म (सय किलोमिटर) सडक डिभिजन खाल्टेले मर्मत गरी सञ्चालनमा […]