Samajik Feed – News Portal from Nepal

महोत्तरीमा ६ जनालाई स्यालले टोक्यो

सामाजिक फीड-जनकपुरधाम, पुस ९ गते । गौशला नगरपालिका–११ लक्ष्मिनियामा स्यालको आक्रमणबाट छ जना घाइते भएका छन्। मंगलबार साँझ जंगल क्षेत्रमा खेतको काम सकेर घर फर्कने क्रममा स्यालले आक्रमण गर्दा चार महिला र दुई पुरुष घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिएको छ। घाइतेहरूमा मती देवी महतो, ललिता शर्मा, लिलम साह, रोशन यादव, रामचन्द्र यादव, […]

सिरहामा झडपः प्रदेशसभा सदस्यसहित १८ जना घाइते

सामाजिक फीड–जनकपुरधाम, पुस ९ गते । सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुरमा सोमबार झडप हुँदा प्रदेशसभा सदस्य शाहिदा खातुनसहित १८ जना घाइते भएका छन् । हत्या घटनाको विषयमा भेला भएका स्थानीयवासी र खातुन पक्षबीच झडप हुँदा घटना भएको हो । गत कात्तिक २७ गते २० वर्षीय कृष्णकुमार महराको हत्या भएपछि स्थानीयहरूले छलफल आयोजना गरेका थिए । छलफलका […]

जलेश्वर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवचन्द्र चौधरी निर्वाचित

सामाजिक फीड–महोत्तरी, पुस ७ गते । शनिवार सम्पन्न जलेश्वर उद्योग वाणिज्य संघको निर्वाचनमा शिवचन्द्र चौधरी अध्यक्ष पदमा विजयी भएका छन्। संघका ८६५ सदस्यमध्ये ७९९ जनाले मतदान गरेका थिए। आइतवार साँझ सम्पन्न मतगणनामा चौधरीले ४१९ मत ल्याएर निकटतम प्रतिस्पर्धी सन्तोष कुमार साहलाई ६१ मतले पराजित गरे। साहले ३५८ मत पाएका थिए। खुल्ला उपाध्यक्षमा राम एकवाल साहले […]

महोत्तरीमा डाकाद्वारा एकजनाको हत्या

सामाजिक फीड-जनकपुरधाम,पुस ६ गते । महोत्तरीमा डाकाको समूहले एकजनाको हत्या गरेको छ । महोत्तरीको मनवरासिसवा नगरपालिका वडा नम्बर ४ साढाका ७० वर्षीय सुशील झाको आज बिहान हत्या भएको हो । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार हात मुक्काले प्रहार गरी झाको हत्या भएको देखिएको बताए । उनका अनुसार आज बिहान ४ बजेको समयमा ७÷८जनाको […]

सप्तरीमा अर्नाको आक्रमणबाट एकजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । सप्तरीमा खेतमा काम गरिरहेका एक किसानको अर्नाको आक्रमणले ज्यान गएको छ। कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट आएको अर्नाको आक्रमणले हनुमाननगर कंकालिनी नगरपालिका(९ निवासी शुभेलाल मण्डलको मृत्यु भएको हो। बुधबार खेतमा काम गर्ने क्रममा अर्नाले मण्डललाई आक्रमण गरेको थियो। आक्रमणबाट गम्भीर घाइते भएका मण्डललाई स्थानीयले तत्काल उपचारका लागि अस्पताल पुर्‍याए […]

बर्दिबासको टुटेश्वर जंगलमा फेला परेकी युवतीको प्रेमीले नै गरेका थिए हत्या

सामाजिक फीड-जनकपुरधाम, पुस ३ गते । महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित टुटेश्वर जंगलमा गत असोज २३ गते मृत फेला परेकी २३ वर्षीया अनु रायको हत्या उनका प्रेमीले गरेको खुलेको छ। हत्या आरोपमा प्रहरीले सर्लाही चक्रघाटा गाउँपालिका–९ का २४ वर्षीय मन्दिप कुमार यादवलाई दुई महिनापछि पक्राउ गरी सार्वजनिक गरेको छ। मन्दिपलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–४ आदर्शनगरबाट सोमबार […]

बर्दिबासमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–१ रातो पुलमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बागमती प्रदेश ३–००१ ख २७२९ नम्बरको बसको ठक्करबाट ४५÷५० वर्षीय पुरुषको मृत्यु भएको हो । राति १२ः५० बजे ठक्करबाट घाइते उनको उपचारको क्रममा बर्दिबास अस्पतालमा राति साढे १ बजे […]

रामकलेवा गरी सीताराम विवाहपञ्चमी महोत्सव समापन

सामाजिक फीड-जनकपुरधाम, मंसिर २३ गते ।जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव रामकलेवा सम्पन्नसँगै समापन भएको छ। जन्तीको रूपमा आएका साधु–सन्तलाई ५६ प्रकारका मिष्टान्न भोजन गराएर दानदक्षिणासहित शनिबार बिदाइ गरिएको हो । शुक्रबार राम र सीताको वैवाहिक कार्यक्रम सम्पन्न भएपछि शनिबार जानकी मन्दिर परिसरमा राम, लक्ष्मण, भरत, शत्रुघनको प्रतिकात्मक बालबालिका र साधु–सन्तलाई मिष्टान्न भोजन गराइएको छ । […]

धनुषामा एक महिलाको विभत्स हत्या

सामाजिक फीड-जनकपुरधाम, मंसिर २१ गते । धनुषामा एक महिलाको विभत्स हत्या भएको अवस्थामा एक महिलाको शव फेला परेको छ । धनुषाको विदेहनगरपालिका ५ मुरिबा टोलीकी ४० वर्षीया रामपरी देवी ठाकुर वडहीको शव हत्या भएको अवस्थामा फेला परेको हो । उनको शव हत्या भएको अवस्थामा बुधबार दिउँसो घरभन्दा करिब डेढ किलोमिटरको दुरीमा शिवनारायण मण्डलको खेतमा भेटिएको […]

जनकपुरमा धुमधामकासाथ सीताराम विवाहपञ्चमी मनाइँदै

सामाजिक फीड जनकपुरधाम, मंसिर २१ गते । जनकपुरधाममा धुमधामसंग सीताराम विवाहपञ्चमी महोत्सव मनाइदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भग्वान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ । मंसिर १६ गतेबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं अर्थात आज मुख्य दिन  हो […]