Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, मंसिर २१ गते ।

जनकपुरधाममा धुमधामसंग सीताराम विवाहपञ्चमी महोत्सव मनाइदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भग्वान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ ।

मंसिर १६ गतेबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं अर्थात आज मुख्य दिन  हो ।

त्रेता युगमा जुन प्रकारले मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएको भन्छि त्यसै प्रकारले वर्तमानमा समेत राम जानकीको डोलालाई स्वंम्बर गरि वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन अहिले पनि छ । आज दिउँसो साधुशन्तको अगुवाईमा राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा पुगेपछि स्वयम्बर गरिन्छ ।

राम मन्दिरका महन्थ रामगिरी छोरा पक्ष रामका बुबाको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताकी बुबा राजा जनकको भूमिकामा हुन्छन् ।

स्वयम्बर पश्चात दुवै डोला नगरपरिक्रमा गरी जानकी मन्दिरमा पुगेपछि साँझदेखि वैदिक परम्परा अनुसार राम र जानकीको विवाह शुरु हुनेगर्दछ । यहाँ बनाइएको विवाह मण्डपमा मैथिली परम्परा अनुसार रातभरी रामजानकीको विवाह हुने गर्दछ ।
राम र जानकीको डोल निस्केपछि अव्लोकन तथा दर्शन गर्न श्रद्धालुझजनहरुको घुईचो घुँइचो लाग्ने गर्दछ । स्वयम्बर र बिवाह हेर्न श्रद्धालु भक्तजनले जनकपरधाम खचाखच भरिएको छ । यसपटक प्रत्येक पाँच वर्षको अन्तरालमा भारत उत्तर प्रदेशको अयोध्याबाट आउने साधुशन्तको जन्ती आएकाले थप रौनक छ । अझ पनि श्रद्धालु भक्तजन आउने क्रम जारी रहेको छ ।

सप्ताहाव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत हिजो  पाँचौ दिन जाकीको मटकरो सम्पन्न भएको थियो । त्यस अघि पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेको छ ।

आज छैटौ दिन रामाजानकीको विवाह पश्चात भोलि  रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव समापन हुने छ ।

रामकलेवामा जन्तीका रुपमा आएका श्रद्धालु भक्तजनलाई मिष्टान मिथिला भोजन गराई दक्षिणा दिएर बिदाई गर्ने प्रचलन छ ।

विवाहपञ्चमी महोत्सवमा आएका श्रद्धालुहरु भक्तजनहरु विभिन्न स्थानहरुमा हुने  संस्कृतिक कार्यक्रममा सहभागि हुँदै रमाउने गर्दछन् ।
मिथिलाको लोप हुन लागेको कलासंंस्कृतिहरुको झझल्को यस्ता सांस्कृतिक कार्यक्रमहरुमा हेर्न पाईन्छ । यसमा बालबालिकाहरुलाई ,राम, सीता, लक्ष्मण बनाई नाटक प्रदर्शन ,नाचागान, भजनकिर्तन, झाकी र भग्वानको रुपमा पूजाआजा समेत गरिन्छ ।  यसलै श्रद्धालुहरुलाई निकै उत्साहित बनाउने गर्दछन् ।

यता  विवाहपञ्चमीको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक विदा रहेको छ । प्रदेश सरकारले विवाहपञ्चमीको अवसरमा एक दिन क्यालेन्डरमा छुट्याएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *