Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस ९ गते ।

गौशला नगरपालिका–११ लक्ष्मिनियामा स्यालको आक्रमणबाट छ जना घाइते भएका छन्।

मंगलबार साँझ जंगल क्षेत्रमा खेतको काम सकेर घर फर्कने क्रममा स्यालले आक्रमण गर्दा चार महिला र दुई पुरुष घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिएको छ।

घाइतेहरूमा मती देवी महतो, ललिता शर्मा, लिलम साह, रोशन यादव, रामचन्द्र यादव, र मन माया पोखरेल रहेका छन्। पीडितहरूका अनुसार जंगल क्षेत्रमा बाटो क्रस गर्ने बेला स्यालले अचानक आक्रमण गरेर टोकेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *