सामाजिक फीड-
जनकपुरधाम, पुस २ गते ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–१ रातो पुलमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बागमती प्रदेश ३–००१ ख २७२९ नम्बरको बसको ठक्करबाट ४५÷५० वर्षीय पुरुषको मृत्यु भएको हो ।
राति १२ः५० बजे ठक्करबाट घाइते उनको उपचारको क्रममा बर्दिबास अस्पतालमा राति साढे १ बजे मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जैसवारले जानकारी दिए ।
ठक्कर दिएको बस नरोकेर भागिरहेको अवस्थामा सिरहाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । बस चालक धादिङको थाक्रे गाउँपालिकाका राजेन्द्रप्रसाद प्याकुरेललाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई आज बिहान पाँच बजे महोत्तरी ल्याइपु¥याइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।