नयाँदिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १८ जनाको मृत्यु

एजेन्सीजनकपुरधाम, फागुन ४ गते। भारतको राजधानी नयाँदिल्लीस्थित रेलवे स्टेशनमा भागदौड हुँदा १८ जनाको ज्यान गएको छ । घटनामा पाँच बालबालिका, नौ महिला र तीन पुरुष परेका छन् भन्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। शनिवार राति साढे ९ बजे महाकुम्भ मेला हेर्न उत्तरप्रदेशतर्फ जाने यात्रुको भीडले भागदौड मच्चाएको हो। रेल मन्त्रालयका प्रवक्ता दिलिप कुमारका अनुसार, प्रयागराज एक्सप्रेस […]
जनकपुरको थप पाँच निजी अस्पतालमा छड्के अनुगमन, चारवटामा त्रुटि

सामाजिक फीड-जनकपुरधाम, फागुन २ गते । मधेश प्रदेश सरकारले जनकपुरधामका थप पाँच निजी अस्पतालमा छड्के अनुगमन गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंह र स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहको नेतृत्वमा भएको अनुगमनका क्रममा दुई अस्पताल नवीकरण फेल भएको तथा दुई अस्पतालमा आवश्यक कागजातको अभाव रहेको पाइएको छ । रेल्वे स्टेशन नजिक रहेको ५० शय्याको जनकपुर […]
बाराको एक सुधारकेन्द्रमा कुटपिट गरि एक युवकको हत्या

सामाजिकफीड-जनकपुरधाम, फागुन २ गते । बाराको कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित नवजन्म पुनर्स्थापना केन्द्रमा एक जनाको हत्या भएको छ। बाराको कलैया उपमहानगरपालिका–9 रामपुरका हिरालाल मण्डलका ३५ वर्षीय छोरा धिरेन्द्र उर्फ प्रदिप कुमार मण्डलको कुटपिट गरी हत्या गरिएको हो। जिल्ला प्रहरी कार्यालय, बाराका एसपी सन्तोष तामाङका अनुसार सुधार केन्द्रमा गए राति करिब २ बजे कुटपिट भएको थियो। बाहिरबाट […]
मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने अर्थको तयारी

सामाजिक फीडजनकपुरधाम, फागुन २ गते । मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले बजेट रोक्का गर्ने तयारी गरेको छ । मन्त्रालयसहितका निकायमा बिहीबार पत्र पठाउँदै अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८१÷८२ अनुमानित लक्ष्य अनुसार राजश्व संकलन नभएको कारण देखाउँदै बजेट रोक्ने चेतावनी दिएको छ । पत्रमा चालु आर्थिक वर्ष २०८१÷८२ अनुमानित लक्ष्य अनुसार माघ मसान्तसम्म आन्तरिक स्रोततर्फ […]
मधेश सरकारद्वारा जनकपुरमा पाँच निजी अस्पतालमा छड्के

सामाजिक फीड-जनकपुरधाम, फागुन १ गते । मधेश सरकारले जनकपुरमा निजी अस्पताललाई छड्के अनुगमन गर्ने कामलाई निरन्तरता दिएको छ । मुख्यमन्त्री सतिशकुमार सिंह र स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधनप्रसाद सिंहसहितको टोलीले आज साँझ गरेको अनुगमनको क्रममा दुई अस्पताल विना दर्ता सञ्चालनमा रहेको र अन्य केहीमा मापदण्डको त्रुटि फेला परेको छ । पीडारीचोकस्थित जनकपुर मधेश हस्पिटल र […]
माओवादी केन्द्र ‘जनयुद्ध’ दिवस मनाउँदै, सबैला नगरपालिकामा आज सार्वजनिक बिदा

सामाजिक फीड–जनकपुरधाम, फागुन १ गते । तत्कालीन १० वर्षे सशस्त्र संघर्षसँग जोडिएका माओवादी धारका पार्टीले आज ३०औं ‘जनयुद्ध दिवस’ मनाउँदै छन् । २०५२ फागुन १ गते माओवादीले देशभर विद्रोह सुरु गरेको दिनको सम्झनामा माओवादी धारले ‘जनयुद्ध दिवस’ मनाउँदै आएका छन् ।जनयुद्ध दिवसको अवसरमा विगतका वर्षमा सरकारले दिँदै आएको सार्वजनिक बिदा यसवर्षदेखि हटाइएको छ । सर्वोच्च […]
स्कुल बस दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु, ४० घाइते

सामाजिक फीड-जनकपुरधाम, माघ ३० गते । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ४० जना घाइते भएका छन् । मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ स्थायी घर भई काठमाडौंको कपन बस्ने ११ वर्षीय क्रिशल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई चाबहिल बस्ने २४ वर्षीय सुरेश तामाङ र […]
नेपाल–भारतमा डकैती र अपहरणमा संलग्न फरार अभियुक्त पक्राउ

सामाजिक फीड-जनकपुरधाम, माघ २९ गते । नेपाल तथा भारतमा डकैती, चोरी, लुटपाट र अपहरण जस्ता गम्भीर आपराधिक घटनामा संलग्न एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। मोरङ ग्रामथान गाउँपालिका–२ का ४० वर्षीय खड्क नारायण माझीलाई महोत्तरी र मोरङ प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो। माझी भारतको सितामढी जिल्ला तथा नेपालका महोत्तरी, सम्सी, गौशाला लगायतका क्षेत्रमा […]
मधेश सरकारको निर्देशनमा जनकपुरको थप तीन अवैध अस्पताल बन्द

सामाजिक फीड-जनकपुरधाम, माघ २० गते । जनकपुरधाममा सञ्चालनमा रहेका थप तीन अवैध अस्पताल बन्द भएका छन् । जनकपुर सीता हस्पिटल प्रा.लि., अरमान हस्पिटल प्रा.लि., र बिएन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि. आइतबारदेखि बन्द भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकृत तथा अनुगमन समितिका सदस्य सन्तोष ठाकुरका अनुसार यी अस्पतालका सञ्चालकहरूले स्वयं ताला लगाई साँचो […]
जनकपुरको २० निजी अस्पतालमा मुख्यमन्त्रीको छड्के : अधिकांश अवैध, बन्द गर्न निर्देशन

सामाजिक फीड-जनकपुरधाम, माघ २६ गते । उपचारमा लापरबाही बढेपछि मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह एकैदिन जनकपुरधामका २० वटा अस्पतालमा छड्के अनुगमन गरेका छन् । जनकपुरधामको मुजेलियादेखि भ्रमरपुराचोकसम्मका बीस वटा निजी अस्पतालमा मुख्यमन्त्री सिंहले अनुगमन गर्दा अधिकांश अस्पताल बिनादर्ता र मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । जीवनज्योति हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, बिएन हस्पिटल एन्ड रिसर्च […]